कालिकोट – रास्कोट नगरपालिकाका १५ जना स्थायी स्वास्थ्यकर्मीले ११ महिना सम्म आफ्नो तलव पाएका छैनन् ।
पुरानो गाउँ विकास समितिको बेला स्थायी भएर काम गरिरहेका कर्मचारीहरु अघिल्लो सरकारले तलव खुवाएपनी वर्तमान सरकारले दरबन्दि नभएको भन्दै ११ महिनासम्म तलव दिन सकेको छैन ।
दरबन्दिभन्दा बढि भएकाले तलव खुवाउन नसकेको रास्कोट नगरपालिका प्रमुख धर्मराज शाहीले बताए । संघको निश्चित दरबन्दि र वजेट आउछ । हामिले दरबन्दि बिनै नगरमा राख्दा तलव खुवाउन नसकिने भएको हुदा यो समस्या आएको हो । उसो त यो समस्या देशैभरी छ यसको सावधानका लागी दरबन्दि मिलानकै लागी पहल भइरहेको प्रमुख शाहीले बताए ।
समायोजन संसोधन र समायोजन मिलान भएका स्वास्थ्यकर्मिहरुको ११ महिनादेखिको तलवभत्ताको व्यवस्था गरिनु पर्ने, आधारभुत स्वास्थ्य सेवाकेन्द्रहरुमा दरबन्दि शृर्जना गरिनु पर्ने र आगामी आर्थिक वर्ष२८० ८१ का लागी तलवभत्ताको अग्रिम सुनिश्चत गरिनु पर्ने भन्दै १५ जना स्थायी स्वास्थ्यकर्मीहरुले बिहिबार रास्कोट नगरपालिकामा कालो व्यानर सहित धर्ना सुरु गरेका छन ।
११ महिनासम्म काम गर्दै आएको तर, सेवा सुविधा बिहिन आफुहरु बेतलवी भएकाले कालो व्यानर सहित धर्नामा बसेको स्वास्थ्यकर्मी शंकर वरालले गुनासो गरे । उनले भने, काम गरेका छौँ तलव पाएका छैनौ ।
अघिल्लो सरकाले तलव खुवाउन सक्ने वर्तमान सरकारले करार कर्मचारी राखेर हामि स्थायी कर्मचारीहरुलाई बेतलबी बनाएको आरोप लगाए ।
Discussion about this post