कालिकोट- सरकारको फितलो तयारी र बेवास्ताका कारण कर्णालीमा हरेक वर्ष खाद्यान्न अभाव हुने गरेको छ । कर्णाली लगायतका दुर्गम स्थानमा खाद्यान्न ढुवानी गर्न सरकारले बजेट विनियोजन गरे पनि कमिसनको चक्करमा ढुवानी हुन नसक्दा सर्वसाधारणले समयमा चामल पाउन सकेका छैनन्।
यो वर्ष पनि तोकिएको समयमा चामल ढुवानी नहुँदा दैनिक २० कुविन्टल देखी ३० कुविन्टलसम्म चामल बिक्री्हुने कालिकोटमा खाद्यान्नको चरम अभाव भएको छ ।
नेपालगंज र बर्दियादेखी आउने चामल समयमै नआउदा कालिकोट जिल्लामा खाद्यान्नको अभाव भएको हो ।
सुर्खेतबाट आउने चामल ठेकेदारले समयमै ल्याउन नसक्नु र नेपालगंज र बर्दियामा पनी चामल नहुदा कालिकोटको खाद्य व्यावस्था तथा व्यपार कम्पनी लिमिटेड मान्मको गोदाम रित्तो हुन पुगेको कार्यालयले जनाएको छ ।
गत वर्षका भन्दा पछिल्लो वर्ष खाद्यको चामल दोव्वरले बिक्रीहुने गरेको कार्यालय प्रमुख कमलराज पाण्डेले बताए । यो वर्ष मात्र जिल्ला भरी ९ हजार कुविन्टल चामल बिक्री भएको छ । यो वर्षका लागी १२ हजार कुविन्टल माग गरेका थियौँ सवै सकियो । अहिले गोदाममा जम्मा ३ सय मध्याम खालको अरुवा चामलमात्र छ ।
गोदाम खाली भइसकेको छ । चामल नेपालगंजमै छैन । चामका लागी हामिले दशैसम्म पुग्नेगरी तिन हजार पाँचसय कुविन्टल चामलको माग गरेका छौँ । यदी चामल माग गरे अनुसारको आएन भने अभाव हुने प्रमुख पाण्डेले बताए । जिल्लाको पादमघाट, खल्ला र थिर्पुका खाद्य डिपोपनी रित्तै रहेको समेत बताए । जिल्लामै चामल छैन डिपोमा कसरी हुनु । गाउँका डिपोको लागी ठेकेदारको लाप्रर्वाहीका कारणपनी समयमा नपुग्ने गरेको बताए ।
महावै क्षेत्रमा खाद्यान्नको चरम संकट भएको खाद्यान्न ढुवानी आपूर्तिका लागि नेपाल खाद्य संस्थानसँग माग गरिएको तर अहिलेसम्म के कति कारणले खाद्यन्न नआएको थाहा नभएको महावै गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले बताए । ‘हामीले खाद्यान्नको चरम अभाव रहेको र खाद्यान्न ढुवानीका खाद्य संस्थानसँग माग गरेका छौँ,’ उनले भने, ‘खाद्यान्न नहुँदा चरम भोकमरी हुने समस्या रहेको छ।’ रोकायाले भने, बर्खा लाग्दैछ बाटो घाटा बन्द हुन्छन ढुवानी गर्न सकिदैन बेलैमा खाद्यानन्न पुगाउन ठेकेदार र कार्यालयलाई सुझाव दिए ।
वर्तमान सर्बेक्षणमा जिल्लामा खडेरी, सिचाइँको अभाव, खानेबानीमा सुधार नहुनु लगायतका समस्याले कालिकोटमा खाद्य असुरक्षा बढ्दै गएको सर्बेक्षणबाट देखिएको छ ।
चरम खाद्य असुरक्षा रहेको कालिकोटमा ४० प्रतिशत मानिसहरुलाई ६ महिना मात्रै आफ्नो उत्पादनले खान पुग्ने गरेको सर्बेक्षणमा उल्लेख गरिएको छ । कृषिमा आत्मनिरर्भर हुन नसक्दा ५५ प्रतिशत मानिसहरुको उमेर अनुसारको उचाई र तौल नभएको भेटिएको देखिन्छ ।
सम्बन्धित फोटोः
चामल नहुदा रित्तै कालिकोट मान्मको खाद्य गोदाम
Discussion about this post