कालिकोट – सुरक्षित कर्णाली विशेष अभियान २०८० भन्ने मुल नाराका साथ नागरिक सहजकर्ता citizen Facilitator समुद्घाटन कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय कालिकोटको प्रांगणमा आयाेजित नागरिक सहजकर्ता citizen Facilitator समुद्घाटन कार्यक्रम सम्पन्न भएको हाे ।
जिल्ला प्रहरी कार्यालय कालिकोटका निमित्त कार्यालय प्रमुख सुबराज बमकाे अध्यक्षता, खाँडाचक्र नगरपालिकाका नगर उपप्रमुख गणेशबहादुर शाहीको प्रमुख आतिथ्यता, प्रमुख जिल्ला अधिकारी जाेरासिंह माझीकाे बिशेष आतिथ्यतामा सञ्चालन भएको कार्यक्रममा नागरिक सहजकर्ताका बिषयमा जिल्ला प्रहरी कार्यालयले आगामी दिनमा नागरिकहरु सँग गर्ने ब्यबहार राज्यको निति नियममा रहेर सेवा प्रवाह गर्ने बताइएको छ ।
कार्यक्रममा शसस्त्र प्रहरीवल कालिकोटका गुल्मपति मित्रलाल श्रेष्ठ, जिल्ला अनुशन्धान कार्यालयका प्रमुख मित्यानन्द ढुगाना, प्रहरी निरीक्षक यज्ञराज जाेसी, नेपाल पत्रकार महासघ कालिकोटका अध्यक्ष भरतराज बिष्ट, रेडियो प्रदेश आवाजका अध्यक्ष रत्न कार्कि, अनलाइन न्यज खवरका अध्यक्ष बिस्वनाथ सिमखाडा, रेडियो साझा आवाजका म्यानेजर किरण अधिकारी, च्यफाेर्सका बटालिएन कमाण्डर हिक्मतजग मल्ल लगाएत ब्यापारी, बुद्धिजिबि बजारबासीको सहभागिता रहेको थियो ।
सुरक्षित कर्णाली विशेष अभियान २०८० कार्ययोजना क्रियाकलाप अन्तर्गत प्रत्येक प्रहरी ईकाइहरुमा आफ्नो काम वा सुरक्षा समस्या लिएर आउने नागरिकहरुलाई छिटो, छरितो र प्रभावकारी सेवा प्रवाह गर्नुका साथै सेवाग्राहीले कुनै अर्को व्यक्ति वा बिचौलियाको सहयोग लिन नपरोस भन्ने उद्देश्यले प्रत्येक प्रहरी कार्यालयको मुल गेटमा छुटै पहिचान सहित “नागरिक सहजकर्ता” प्रहरी खटाई प्रहरी सेवा झन सहज बनाउने अवधारण अनुरूप जिल्ला प्रहरी कार्यालय कालिकोटले आजकै मिति देखि नागरिक सहजकर्ता कार्यक्रमको थालनी गरेकोले अब बिचाैलियाको अन्त्य हुने जिल्ला प्रहरी कार्यालय कालिकोटका निमित्त कार्यालय प्रमुख प्रहरी निरिक्षक सुवराज बमले बताउनुभयाे ।
कालिकोट जिल्लामा रहेका सम्पुर्ण प्रहरी ईकाईहरुमा आउने सेवाग्राहीहरुलाई स्वागत गर्ने/नमस्कार गर्ने, विनम्रताका साथ समस्याबारे सोधनी गर्ने, समस्याबारे सम्बन्धित फाँट वा कर्मचारी वा कार्यालय प्रमुखलाई भेट गराउने, सेवा प्रदान गरेको नागरिकको अभिलेख राख्ने र सेवाग्राहीहरुबाट प्रहरी सेवा सम्बन्धि राय सुझाव संकलन गर्ने कार्य गर्नको लागि मुल गेटमा नागरिक सहजकर्ता लेखेको फित्ता लगाएको नागरिक सहजकर्ता प्रहरी खटिने प्रहरी निरीक्षक यज्ञराज जाेसीले बताउनुभयाे । यसबाट सेवाग्राहीलाई सेवा लिन अनावश्यक झञ्झट नहुने, छिटो छरितो सेवा प्राप्त हुने तथा नागरिक प्रहरी बिचको सम्बन्ध सुधार हुनुका साथै नागरिकबाट समेत प्रहरीलाई सहयोगको वातावरण बन्ने विश्वास गरिएको जोसीको भनाइ छ ।
कार्यक्रममा बाेल्दै प्रमुख जिल्ला अधिकारी जोरासिंङ्ग माझीले प्रहरी सगठन भनेको जनताको जनजिबिकाकाे पहरेदार मात्रै नभइ शान्ति सुरक्षा र अमनचयनका लागि समाज परिवर्तनको बलियो पिल्लर भएकाले समाजमा रहेको बिकृति बिसगतिको अन्त्य गर्न मुस्कान सहितको सेवा प्रवाहमा कुनै पनि कन्जुसाइ गर्न नहुने बताउनुभयाे । यसैगरी नगरउपप्रमुख गणेशबहादुर शाहीले कार्यक्रमको शुभकामना दिदै प्रहरी सगठनलाइ कसैले पनि हस्तक्षेपकारी भुमिका निर्वाह गर्न नहुने बताउनुभयाे । कार्यक्रममा पत्रकार महासघ कालिकोटका अध्यक्ष भरतराज बिष्टले गलत गर्नेलाइ कानुनकाे दायरामा ल्याउन प्रहरीलाइ सवैले साथ दिनु पर्ने भन्दै प्रहरी पनि मानिस भएकाले मानिसको ब्यबहार गर्न जिल्लाबासीलाइ आग्रह गर्नुभयाे ।
Discussion about this post