Online News Khabar

पादमघाट– सेराबाडा सडक निर्माण सुरू

972
SHARES
1.1k
VIEWS

कालिकोट – सडक संञ्जालको रूपमा पछाडि परेको महावै गाउँपालिका अब राजमार्ग संग जोडिने भएको छ ।
७ वटा वडा रहेको महावै गाउँपालिकामा ५ वटा वडामा सडक पुगिसकेको छ । बाकि दुइवटा वडा सडक संञ्जालबाट टाढा रहेका छन । सेराबाडा देखि गाउँपालिका केन्द्र पादमघाटसम्म सडक निर्माण सुरू भएपछि अब महावै गाउँपालिका राष्ट्रिय सडक संञ्जालसंग जोडिने भएको छ ।
पुर्वाधार बिकास कार्यालयको ३ करोड बजेटमा पादमघाट देखि सेराबाडासम्म सडकको ठेक्का खोलेर निर्माण कम्पनिले सडक खन्न सुरू गरेको छ ।

तिलागुफा , शुभकालिका र दैलेखदेखि सिधै गाडि महावै पुगेपनि कर्णाली राजमार्गदेखि पालिका केन्द्र पादमघाटसम्म सडक निर्माण भएको छैन । अहिले सम्म सेराबाडदेखि पालिका केन्द्र सम्म पैदल हिँडेर जानू परेको छ । अब सडक निर्माण सुरू भएपछि तिलामा नदिमा पुल समेत बन्ने भएको गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले बताए ।

यही सडकखण्ड निर्माणका लागी अघिल्लो आर्थिक वर्षमा भैंसी हिड्न पनी नसक्ने सडक निर्माण गरेर एक करोड रकम खर्च गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित