Online News Khabar

इन्टरनेटकाे प्रयाेगले बालवालिकाले धेरै ज्ञान लिन सक्छन: उप प्रमुख रावत

866
SHARES
1k
VIEWS

कालिकोट – जिल्ला समन्वय समिति कालिकोटका उपप्रमुख मिना रावतले इन्टरनेटकाे प्रयाेगले बालबालिकाले धेरै कुराकाे ज्ञान लिन सक्ने बताएकि छन ।
शनिबार सदरमुकाम मान्ममा सेभ द चिल्ड्रेन र किर्डाक नेपालकाे आयाेजनामा आयाेजित बाल अधिकार सवैकाे सराेकार भन्ने मुल नाराकासाथ बाल अभियान्ताका लागि बाल अधिकार बाल संरक्षण र बाल अभियानमा सुरक्षित डिजिटल डिभाइसकाे प्रयाेग सम्बन्धि अभिमुखिकरण सम्बन्धि तालिमकाे उद्घाटन समाराेहमा बाेल्दै उप प्रमुख रावतले यस्ताे बताएकि हुन ।
पछिल्लो समय सामाजिक संञ्जालकाे निकै दुरुपयोग बढेपनि यसकाे सहि ढंगले प्रयाेग गरेमा धेरै कुराकाे ज्ञान पाउन सकिने बताइन ।
डिजिटल डिभाइस अहिलेकाे प्रविधिमा आवश्यक रहेकाले यसकाे सहि तरिकाले सदुपयाेग गर्नु अपिल गरिन ।
अहिले नेट इन्टरनेटमा आफुलाई थाहा नभएका कुरा खाेजेर ज्ञान लिन सकिने भएकोले यसकाे सदुपयोग गर्न अनुराेध गरिन ।
किर्डाक र सेभ द चिल्ड्रेनले बाल बिवाह न्युनिकरण र बाल संरक्षणमा महत्त्वपूर्ण काम गरिरहेकाे समेत बताइन ।
कार्यक्रममा किर्डाक नेपालका संयाेजक तुलाराम पाण्डेकाे अध्यक्षता,सेभ द चिल्ड्रेनका अधिकृत बाले बिश्वकर्मा , जुठिराम चाैधरी लगायतकाे आतिथ्यता रहेकाे थियाे ।
कार्यक्रमकाे संचालन बाल संरक्षण तिलागुफा अफिसर सरिता खत्रिले गरेकि थिन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित