Online News Khabar

दिगो बिकास लक्ष्यमा पुग्न गुणस्तरीय शिक्षा आवश्यक याेजना आयाेग उपाध्यक्ष शाही

863
SHARES
1k
VIEWS

खडानन्द अधिकारी -कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष माननिय योगेन्द्र बहादुर शाहीले दिगो बिकास लक्ष्यमा पुग्न गुणस्तरी शिक्षा पहिलो आवश्कता रहेको बताएका छन ।

मंलवार सुर्खेतमा भएको कर्णाली प्रदेश स्तरीय युवा संजालको बैठक तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै शाहीले यस्तो बताउनु भएको हो । कार्यक्रमका प्रमुख अथिती समेत रहनु भएका शाहीले कर्णाली प्रदेश हरेक सम्भावना बोकेको एक प्रदेश भएको बताउदै जिविको पाजर्न ,जैबिक विबिदता संरक्षण लगाएत हरेक परिवर्तनका क्षेत्रमा युवा हरु जागरुप भएर लाग्नु पर्ने बताउनु भयो ।

उपाध्यक्ष शाहीले भन्नु भयो वातावरण संरक्षण, उद्यमशिलता र समृद्धीको सुनिश्चितता युवाको काँधमा रहेको भएतापनि राजनिति दलले स्वार्थ अनुसार युवाहरुलाई परिचालन गर्दा समाजीक कामहरु उद्योगतीमा लागेको स्मरण गदै । मानव अधिकार तथा वातावरण बिकास केन्द्र हुरेन्डेक नेपालद्धारा सञ्चालित ग्रामिण हिमाली क्षेत्रमा दिगो जिजिकोपार्जन तथा जैविक विविधता संरक्षण (सुलभ) परियोजनाको उद्देश्य नै वातावरणको संरक्षण गर्ने र युवाहरुलाई प्रोप्तसाहित गर्ने भएकाले यसको लक्षय अनुसार युवा परिचालन हुन सक्नु पर्ने उहाँले बताउनु भयो ।
कार्यक्रमका बिषेश अथिती गैरसरकारी संस्था महासंघका केन्द्रिय सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज घनश्यम केसिले राजनिति अधिकारका लागि भन्दै युवालाई चुनाव र आन्दोलनसंग मात्र जोडेर हेर्दा आगामी नेतृत्व असक्षम हुने बताउनुभयो । हामी सबै सामाजिक अभियान्ताले युवाहरुलाई राजनिति अधिकार संगै उत्पादन र सेवामुलक क्षेत्रमा उर्जा खर्चिन लगाउनु पर्ने बताउनु भयो। इन्चार्ज केसिले कणाली जस्तो क्षेत्रका युवाहरुले आफ्नो समस्या अर्थात प्रदेशको बिषय बस्तु निर्धक्का साथ राख्न सक्ने क्षमताको बिकास गरेकोमा मानव अधिकार तथा बावावरण बिकास केन्द्र कालिकोट लाई धन्यवाद दिदै यस्ता युवा लक्षित कार्यक्रहरु बिकट प्रदेशमा आवश्यक रहेकाले यसलाइ निरन्तरता दिनु पर्ने बताउनु भयो । टि.डि.एच जर्मनीको आर्थिक सहयोग,मानव अधिकार तथा वातावरण बिकास केन्द्र हुरेन्डेक नेपालद्धारा सञ्चालित ग्रामिण हिमाली क्षेत्रमा दिगो जिजिकोपार्जन तथा जैविक विविधता संरक्षण (सुलभ) परियोजनाको आयोजनाका सुर्खेतको गोठीकाँडामा भएको प्रदेश स्तरीय युवा संञ्जलाको बैठक तथा अन्तरक्रिया कार्यक्रमको बारेमा जानकारी दिदै संस्थाका उपाध्यक्ष बिरेन्द्र बहादुर बुढाले जैविक विविधताको संरक्षण र सम्बद्र्धन संगै जलवायु परिवर्तनका नकारात्मक असरलाई कम गराउने जिम्मा युवाहरुकै हातमा रहेको बताउनुभयो बुढाले यो कार्यक्रम तथा यस्था भेला हरु जिल्ला,प्रदेश र केन्द्रमा प्रत्यक वर्षमा एक पटक हुने गरेको समेत बताउदै हुरेन्डेक कालिकोटले अधिकारको क्षेत्र संगै बिभिन्न पुर्वधार निमार्णका क्षेत्रमा पनि संस्थाले काम गरेको बताउनु भयो । कार्यक्रममा गैर सरकारी संस्था महासंघ कर्णाली प्रदेशका अध्यक्ष,हरि प्रसाद अधिकारी,नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका महासचिव खगेन्द्र भट्टाराई,हुरेन्डेक कालिकोटका कार्यक्रम निर्देशक भरतमणि सुवेदी, लेखा तथा प्रशासन अधिकृत प्रेम बहादुर शाही,शुलभ परियोजनाका परियोजना संयोजक सुमन ढकाल,संस्था द्धारा संचालित बिभिन्न कार्यक्रमका कार्यक्रम संयोजक,प्रदेशका १० वटै जिल्लाका युवाहरु लगाएत सरोकारवालाको सहभागिता रहेको थियो । नेपाल युवा सञ्जालका कर्णाली प्रदेश संयोजक तथा केन्द्रिय उपाध्यक्ष दिलिप कुमार शाहीको अध्यक्षतामा उद्धघाटन भएको कार्यक्रम बिहिबार सम्म संचालन हुने अयोजक संस्थाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित