कालिकोट-
जिल्लाको एकिकृत सरकारी भवनमा जिल्लाका सरकारी कार्यालयहरु बस्ने भएका छन ।
लामो समयदेखी प्रयोग बिहिन अवस्थामा रहेको यो भवनमा अव जिल्लाका सरकारी कार्यालयहरु जिल्ला निर्वाचन कार्यालय, कोषतथा लेखा नियन्त्रण कार्यालय, उद्योग हित तथा संरक्षण कार्यालय सर्ने भएका छन ।
यिनै कार्यालयहरुको लागी निर्माण गरिएको सो भवन लामो समयदेखी प्रयोग बिहिन थियो । कोभिड १९ संकमर्णका बेला सरुवा रोग अस्पताल संचालन गरिएको थियो । यता सरकारी कार्यालयहरु निजी घरमा भाडा तिरेर बस्ने उता एकिकृत भवनहरु प्रयोग बिहिन अवस्थामा रहेकाले राज्यको पैसा बिना काममा खर्च हुनबाट जोगाएको प्रमुख जिल्ला अधिकारी जोरा सिंह माझीले बताए ।
आइतबार प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, नि स्वास्थ्य व्यवस्थापक कटक महत र पत्रकारहरुले सो भवनमा पुगेर अनुगमन गरी तत्काल अस्पतालको सामान अर्को भवनमा राखेर कार्यालयहरु सार्ने तयारी गर्न प्रमुख जिल्ला अधिकारी माझीले निर्देशन दिए ।
माझिले भने, जसका लागी भवन बनाइएको हो उनि निजी घरमा भाडा तिरेर बस्ने उता भवन खाली रहिरहने भएपछी यस्तो कार्यको थालनी गरेको बताए ।
भाडामा बसिरहेका चारवटा सरकारी कार्यालयहरुको धन्नै दुईलाख पैसा बच्ने भएको छ ।
भवनमा रहेका अस्पतालका सामाग्रीहरु भोलीदेखी प्रहरी, शसक्त प्रहरी र नेपाली सेनाले अर्को सरवा रोगथ अस्पतालमा सार्ने भएका छन ।
Discussion about this post