कालिकोट- खाँडाचक्र नगरपालिकाले आफ्नो नगरपालिका क्षेत्रभित्रका छाडा पशु चौपाया नियन्त्रण गर्ने भएको छ ।
मान्म बजार र नगरपालिका क्षेत्रभित्रका अन्य बजारमा छाडा छोडिएका गाई, गोरु, कुकुर, चरा, कुकुर, हासलगायत जनावरले सडक दुर्घटनादेखि मानवीय क्षति हुने गरेपनि यसको संरक्षणमा राज्य पक्ष निष्क्रिय देखिएकाले वडा नम्बर १ ले निर्णय गरेपछी नगरपालिकाले कार्यविधी पास गरेको छ ।
नगरपालिकाले पास गरेको कार्यविधी बिहिवार प्रमुख जिल्ला अधिकारी र सरकारवालाहरु लाई जानकारी गराएर यसलाई कार्यन्वयमा कसरी लैजान सकिन्छ भनेर छलफल गरिएको छ । नगर उप प्रमुख गणेशबहादुर शाहीको सभा अध्यक्षता, प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीको प्रमुख आतिथ्यतामा बजारका छाडा पशु चौपायाहरुको नयिन्त्रणमा बैठक भएको छ ।
वैठकले बजारमा छाडिएका छाडा पशु चौपायाहरुलाई नगरपालिकाले एक हप्ता नियन्तणमा राखेर पशु धनीलाई वुझाउने र एकहप्ताको सुचना भित्र पशु धनी गोरु लिन नआएमा नगरपालिकाले लिलाममा बिक्र्ी गर्ने निर्णय गरेको छ ।
यद्यपि अहिलेसम्म वेवारिसे पशु संरक्षण र व्यवस्थापनको लागि राज्यसँग कुनै आधिकारिक संयन्त्र तथा नीति छैन । पशु चौपाया संरक्षण गर्ने जिम्मा स्थानीय तहलाई ऐनले नै निर्देश गरेको छ । यदि स्थानीय सरकारले संरक्षण गर्न नसकेको अवस्थामा मन्त्रालयले सहजीकण गर्ने व्यवस्था छ रहेको प्रमुख जिल्ला अधिकारी माझीले बताए । छाडा चौपाया व्यवस्थापनमा सरकारको मात्र नभई व्यक्तिको पनि उत्तिकै जिम्मेवारी रहने बताउँछन् । उनका अनुसार स्थानीय निकाय आफैं स्रोतमा कमजोर भएकाले छाडा पशु व्यवस्थापनमा ध्यान दिन नसकेको हो । अवनगरपालिकाले कार्यबिधी बनाएको छ । यसको कार्यन्वयन गर्न सुझाव दिए ।
नेपालको मौजुदा कानूनको ‘गाउँपालिका तथा नगरपालिकाको काम, कर्तव्य र अधिकार’को परिच्छेद ११ को ‘ञ’मा छाडा पशु चौपायाको नियन्त्रण भनेर उल्लेख छ । यही नियममा टेकेर स्थानीय निकायलाई नै छाडा पशु व्यवस्थापनको लागी वडाले निर्णगरेको वडा अध्यक्ष धर्मराज तामा्रकारले बताए ।
अहिले यो वडाले गरेको निर्णय नगरसभामा लिएर पास गरेको छु । यसको कार्यन्वयन गर्ने बताए । उनले दुखका साथ भने, जिल्लाको सदरमुकाम भित्र पर्ने नगरपालिका हो मान्म बजार । यसमा नगरपालिकाले बढिनै चासो दिनु पर्ने हो । तर, दिन सकेको छैन । वडा पालिकाले सवै काम गरिरहेको छ । वडाले अगाढी सारेका प्रस्तावहरु पास गर्न पनी नगरपालिकाले आनाकानी गरेको छ । यसमा नगरपालिका र प्रशासनले पनी साथ दिन आनुरोध गरे ।
खानेपानी देखी अन्य बजार व्यवस्थापनमा आफु निरनतर लागि परेको समेत वडाध्यक्ष तामा्रकारले बताए ।खानेपानी देखी अन्य बजार व्यवस्थापनमा आफु निरनतर लागि परेको समेत वडाध्यक्ष तामा्रकारले बताए ।
बैठकमा प्रहरी प्रमुख जयश्वर रिमाल, पत्रकार रत्न कार्की, विश्वनाथ सिम्खाडा,फेडो नेपालका संयोजक रमेश नेपाली लगायत जिल्लाका सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
Discussion about this post