कालिकोट – महिलाहरू अझैपनि घरेलु हिंसाबाट मुक्ति पाउन नसकेकाे शान्नि त्रिवेणी गाउँपालिका पुर्व अध्यक्ष डम्बरबहादुर शाहीले बताएका छन ।
बुधबार शान्नि त्रिवेणी गाउँपालिकामा आयाेजित एकसय १३ अाैँ अन्तर्राष्ट्रिय श्रमिक नारि दिवसकाे अवसरमा बाेल्दै शाहीले यस्ताे बताएका हुन ।
नेपालमा अंश र वंशजको आधारमा नारिका अधिकार जनयुद्धले गर्दा प्राप्त भयको हो । राजनीतिक अधिकार सगै अर्थिक रुपमा नारीहरु सम्पन्न हुनु पर्छ आर्थिक अधिकारको लागि नारीहरु उधमसिलतामा जोडियर जानू पर्ने बताए ।
नेपालमा राजनीतिक अधिकार प्राप्त भय पनि गाउँ घरमा महिला माथि दिन दिनै पुरुषले रक्सी खायर हिंशा गरेका छन ।
यसको अन्त्य गर्न उपाध्यक्षको नेतुत्वमा हिंशा अन्त्यको लागि अभियान चलाउने आवश्यक रहेकाे समेत बताए ।
बिकास देखिने भाैतिक संरचनाको मात्र हैन बानि व्याहार र चेतनाकाे पनि हुन जरूर रहेकाे बताए ।
Discussion about this post