Online News Khabar

युनिकोड

नारी दिवसमा उमेर पुगेर बिवाह गरेकि दुई युवतीलाई पुरस्कृत

1.1k
SHARES
1.2k
VIEWS

कालिकोट – शुभकालिका गाउँपालिका -७ ले उमेर पुगेर बिवाह गरेकि दुई युवतीलाई नगद सहित पुरस्कृत गरेकाे छ ।

लैङ्गकि समानता को बलियो आधार ,सिर्जनात्मक प्रबिधिमा महिला पहुचको बिस्तार भन्ने मुल नाराका साथ सुरू गरिएको एकसय १३ अाैँ अन्तर्राष्ट्रिय श्रमिक नारि दिवसकाे अवसरमा वडा नम्बर ७ मा आयाेजित कार्यक्रममा २० वर्ष पुगेर मात्र बिवाहा गरेकि जानकी भट्टराई र बिमला बिकलाई नगद दस/ दस हजार सहित सम्मान गरेकाे छ ।

कालिका महिला संजालकि सचिव मनकौरा शाहिको सभाध्यक्षता , जिल्ला समन्वय समितिका सदस्य अप्सरा कुमालको प्रमुख आथित्यतामा ,वडा नं ७ का वडा अध्यक्ष प्रेम ब. शाहि र वडा नं ८ का वडा अध्यक्ष दिपराज महताराको बिशेष आथित्यतामामा शुभकालिका गाउपालिका वडा नं ७र ८ मा महिला संञ्जालको संयुुक्त आयोजनामा यक कार्यक्रम गरि भब्यताका साथ सम्पन्न भयको छ।

उक्त कार्यक्रम मा वडा नं ७ र ८ प्रर्तिनिधि, बालसंजाल, किशोरी समूह लगायत सम्पुर्ण महिला हरुको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित