Online News Khabar

युनिकोड

कुलतबाट बच्न घर्ती फाउण्डेसनकाे बिद्यालयमा जनचेतना

861
SHARES
1k
VIEWS

कालिकोट – सुर्तिजन्य प्रदार्थबाट बच्न धर्ति फाउन्डेसनले खाँडाचक्र नगरपालिकाका माध्यामिक बिद्यालयमा जनचेतना अभियान संचालन गरेकाे छ ।
मंगलबार पञ्चदेवल मावि मान्मबाट साे जनचेतना अभियान सुरू गरिएको छ ।

सानै उमेरमा कुलतमा फस्नुले जिन्दगीनै बर्वाद हुने प्रहरी निरिक्षक सवराज बमले बताउनु भयो । गर्न नहुने काम कसैले नगरेको खण्डमा समाजमा अपराधिक क्रियाकलाप नहुने बताउदै प्रहरी निरिक्षक बमले २० बर्ष मुनिका बिधार्थिहरुलाई लक्षित गर्दै अपराधिलाई कसैले पनि अबसर दिन नहुने बताउनु भयो । यसैगरी सरकारी वकिल सिताराम रावतका अनुसार कानुन कसैका लागि क्ष्याम्मे नहुने भएकाले जानअन्जानमा मैले अपराध गरेको हुँ भन्ने जो सुकैलाई पनि काुनुनको दायरामा राज्यले लिने बताउनु भयो । महिला पुरुष बिच मात्र जबजस्तीकरणि हुन्छ भन्ने नभई महिला महिला बिच र पुरुष पुरुष बिच पनि एक आपसमा ज.क. हुने भएकाले सवैले सचेत हुन आग्रह गर्नु भयो ।

धर्ति फाउन्डेसन नेपालको आयोजनामा सञ्चालन भएको कार्यक्रममा पँञ्चदेव माबि मान्मका बिधार्थि, शिक्षक, पत्रकार तथा अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो । सुन्दर समाजको परिकल्पना अहिलेको आबश्यक्ता धुर्मपान तथा सुर्तिजन्य पदार्थको उपभोगबाट उत्पन्न रोगको रोगथाम तथा नियन्त्रण निदान र उपचार सम्वन्धि महिला युवा बिधार्थि सँग जनचेतनामुलक कार्यक्रममा सो कुरा बताइएको हो ।

स्वास्थ्य कर कोषको सचिवालय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय काठमाण्डौको आर्थिक सहयोगमा सो कार्यक्रम सम्पन्न भएको जनाइएको छ , कार्यक्रममा बोल्दै धर्ति फाउन्डेसन नेपालका अध्यक्ष धर्मराज शाहीले आफु युवा हुनुको नाताले महिला युवा बिधार्थिलाई लक्षित गरि प्रत्येक बिधालय तथा गाउघरमा पुगेर यस्ता सामाजिक बिक्रिति बिसंगति तथा कुकृतिका बारेमा जनचेतना जगाउदै हिडेको बताउनु भयो ।
कार्यक्रममा बोल्दै पँञ्चदेव माबि मान्मका प्रधानाध्यापक सवराज बमले बिधार्थिको आजको अनुशासन भविश्य भएकाले सवैले सचेत भएर पठनपाठन गरि आफनो ख्याल गर्न बिधार्थिलाई निर्देशन दिनुभएको थियो ।
साथै साेहि अवसरमा जिल्ला प्रहरी कार्यालय कालिकोटले प्रहरी बिद्यालय सम्पर्क कार्यक्रम समेत गरिएको थियो ।
अपराध न्युनिकरण,बाल बिवाह न्युनिकरण लगायतका बिषयमा बिद्यार्थी लाई जानकारी गराईएकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित