अझै खुलेन कर्णाली राजमार्ग

अझै खुलेन कर्णाली राजमार्ग

कालिकोट -शुक्रबार साँझबाट बन्द भएको कर्णाली राजमार्ग अहिलेसम्म खुल्न सकेको छैन ।

हुम्लाबाट नेपालगञ्ज जाँदै गरेको भे १ ख ३५१८ नम्बरको ट्रकले दैलेखेको सिम भन्ने ठाउँमा ठक्कर दिँदा दैलेख आठबिस नगरपालिका–४ का ५५ वर्षीय तिलक माझिको मृत्यु भएपछि स्थानीयले कर्णाली राजमार्ग बन्द गरेका थिए ।

शुक्रबार ६ः१५ बजेबाट बन्द भएको कर्णाली राजमार्ग नखुल्दा हजारौँ यात्रु अलपत्र परेका छन् ।

कालीकोटको तिलागुफा नगरपालिका–५ खल्लागाडमा शुक्रबार अटो दुर्घटनामा परी मृत्यु भएका जुम्ला जिल्ला हिमा गाउँपालिका–४ का ३५ वर्षीय विर्षबहादुर शाहीका भाइ र आफन्त पनि कर्णाली राजमार्ग अवरोध हुँदा दैलेखको टुनिवरमै रोकिनु भएको छ ।

दाइको मृत्युको खबरले सुर्खेतबाट गाडी रिर्जव गरी आउनु भएका भाइ मनोज शाहीले दाइको मृत्यु, भाउजू र भतिजा अस्पतालमा हुँदा पनि आफूले प्रहरी प्रशासनबाट सहयोग नपाएको गुनासो गरे ।

आफूलाई प्रहरीको सुरक्षामा पठाइदिन अनुरोध गर्दा पनि प्रहरीले नमानेको उनको भनाइ छ ।

त्यस्तै, कालीकोटको महावै गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले शुक्रबार साँझ ७ बजेबाट आफू पनि टुनिबगरमा रहेको र सडक खुलाउनेतर्फ प्रहरीले खासै चासो नदिएको गुनासो गरे । प्रहरीले कालीकोट जुम्ला, मुगुतर्फ आउने गाडीलाई दैलेखेको पाल्तडा, टुनिवगरमा रोकी राखेको छ । आठबिस नगरपालिका प्रमुख तर्क बडूवालले ट्रक साहुलाई बोलाएर मृतक परिवारलाई राहत उपलब्ध गराउने विषयमा छलफल भइरहेका छ । छलफलपछि सडक खुल्ने प्रमुख बडूवालले बताए ।

दैलेख प्रहरी प्रमुख डिएसपी भुवनेश्वरप्रसाद यादवले स्थानीयको आक्रोश बढिरहेकाले सुरक्षा अवस्थामा समेत चुनौती रहेको भन्दै स्थानीय जनप्रतिनिधिसँग छलफलपछि समस्याको समाधान गराउने प्रयास जारी रहेको भए पनि सफल हुन नसकेको जानकारी दिए ।

कर्णाली राजमार्ग जस्तो क्षेत्र १८ घण्टासम्म अवरोध हुँदा प्रहरी प्रशासनले चासो नदिएको भन्दै सर्वत्र विरोध हुन थालेको छ ।फाेटाै : पुर्णासिंह बम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित