तिलागुफाले थाल्यो, चिल्खायादेखी महिलाको प्रजनन् स्वास्थ्य सम्बन्धि शिविर

तिलागुफाले थाल्यो, चिल्खायादेखी महिलाको प्रजनन् स्वास्थ्य सम्बन्धि शिविर

कालिकोट – स्वास्थ्य उपचारमा सबै नागरिकको पहुँच पु¥याउने नगरपालिकाको अभियान अन्तगर्त तिलागुफा नगरपालिकाको बिकट चिल्लखादेखी प्रजनन् महिला स्वास्थ्य शिविरको सुरुवात गरिएको छ ।
मुलुकको ग्रामीण क्षेत्रमा रहेका महिलाको प्रजनन् स्वास्थ्य सम्बन्धी उपचार पु¥याउने उद्देश्यले सुरु भएको सो शिविरमा महिलाले स्त्रीरोग सम्बन्धी स्वास्थ्य परीक्षण गराउन पाउने भएका छन ।

स्वास्थ्य शाखाको आयोजनामा भएको उक्त प्रजनन् स्वास्थ्य शिविरमा चिल्खाया ९,१० र ११ वडामा शिविरको पहिलो दिन तीन सय पाँचजना महिलालाई परिवार नियोजन सेवा, पोषण परामर्श, पाठेघरको मुखको क्यान्सर तथा आङ खस्ने समस्याको जाँच, सुरक्षित गर्भपतन परामर्श सेवासहित निःशुल्क रुपमा औषधि समेत वितरण गरिएको डाक्टर अप्सरा हमालले बताइन ।

डाक्टर हमालका अनुसार शिविरमा जाँच गराउन आएका अधिकांश महिलाको पाठेघरको समस्या भएको पाइएको छ । वुधवार एक कार्यक्रमको आयोजना गरी नगरप्रमुख शंकरप्रसाद उपाध्याय र नगर उपप्रमुख महेन्द्र शाहीले शिविरको उद्घाटन गरेका छन ।
अव नगरपालिकाका सवै वडामा यो शिविर संचालन गर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित