कालिकोट – कालिकोटको महावै गाउँपालिकाको आठौँ हिउँदे गाउँसभा सम्पन्न भएको छ । गाउँसभाले जनयुद्धका घाइते, अपांगदेखी स्वास्थ्य बिमा सम्मका अचि महत्वपुर्ण ४३ वटा निमावली र कार्यविधी पारित गरेको छ ।
गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहको अध्यक्षतामा बसेको आठौँ गाउँसभाले स्थानिय तहले गर्न पाउने अधिकार प्रयोग गरी ४३ वटा निमावली र कार्यविधी पास गरेको गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले बताएका छन ।
सभाले अतिमहत्वपुर्ण र स्थानिय तहले गर्न पाउने ४३ वटा कार्यविधि पास गरेको छ । उच्च शिक्षा गरिब तथा जेहन्दार विद्यार्थीले एमविबिएस पढ्न पाउने कार्यविधि, पालिकाका नागरिकले निशुल्क स्वास्थ्य विमा देखी जनयुद्धका घाइते तथा अपांग परिवारले निशुल्क स्वास्थ्य सेवा पाउने लगायतका कार्यविधि पास गरेको जनाइएको छ ।
यस्तै जिल्लाको पचालझरना र रास्कोट नगरपालिकाले पनी हिउँदे गाउँसभा गरिसकेको छ ।
Discussion about this post