Online News Khabar

फोटो खिचेरै फेरिएको जिवन

1.6k
SHARES
1.9k
VIEWS

कालिकोट- जसलाई एक मिटेट पनी फुर्सदनै हुदैन उनी हुन् शुभकालिका गाउँपालिका वडा नम्बर ५ निवासी लक्ष्मण अधिकारी ।
विहान उठ्ने बितिकै पसलको कुर्षिमा कामगरि बसेका देखिने लक्ष्मण वेलुकी साझ पर्दासम्म पनी उही कुर्सीमा नै देखिन्छन ।
२०६२ सालदेखी सदरमुकाम मान्म बजारमा फोटो स्टुडियो खोलेर बसेका लक्ष्मण अहिले फोटो खिचेरै करोडपती बनेका छन् ।

गाउँदेखी सदरमुकाम सरेका अधिकारी आफ्नो सुसुरालीको घरमा बसेर व्यवसाय गर्दै आएका थिए । १७ वर्षदेखी फोटो बाटैको आम्दानीले अहिले चारतले पक्कीघर सदरमुकाम मान्म बिचबजारमा बनाएका छन ।
मेहनत गरे स्वदेशमै गतिलो अर्थोपार्जन सम्भव छ भन्ने उदाहरण लक्ष्मणले दिएका छन्।
५ हजार रुपैयाँको लागतबाट सुरू गरेको यो व्यवसायले उनलाई अहिले डेढ करोडको मालिक बनाएको छ। फोटो व्यवसायबाट उनले चार तले घर बनाए।
२०५५ सालमा श्रीमती सहित गाउँबाट सदरमुकाम पसेका लक्ष्मण ससुरालीको घरमा ७ वर्ष चिया सपल थापे ।
चिया पसलबाट खासै आम्दानी नभएपछी एकजना छिमेकीको कम्युटर पसलमा काम लागे।अर्काको पसलमा कामगरी परिवार पाल्न नसक्ने भएपछी लक्ष्मणले फोटोकपी सपल राखे ।

कम्युटर सम्बन्धी कुनैपनी तालिम नलिएका लक्ष्मणले फोटो खिचेर अहिले मान्म बजारमा चारतले घर बनाएका छन् । फोटोबाटै बजारमा चारलते घर बनाएको देखेर बजारवासी चकित छन्।

फोटोबाटै चारतले घर बनाएका छन भने २ छोरालाई पढाई रहेका छन । जेठो छोरा २४ वर्षका भए भने कान्छा छोरा २० वर्षका भए । श्रीमतीको २ वर्ष अघी निधन भइसकेको छ ।

लक्ष्मण भन्दछन श्रीमतीको प्रेरणाले मलाई यहाँसम्म पुराएको हो । दुख र मेहनत गरेर बनाएको घरमा श्रीमतीले बस्न पाइनन् आँखाभरी आसुँ पोख्दै भने,जसले बनाएको घर उसले बस्न पाइनन् । अहिले मेरो सहारा साली भएकी छन ।
सालीले फोटो खिच्छन मैले धुलाइ गर्छू ।
लक्ष्मणकी श्रीमतीको ४२ वर्षको उमेरमा २०७८ सालमा अकालमा मृत्यु भएको थियो ।

अहिले उनको फोटो स्टुडियामा फोटो खिच्न आउनेको भिँड होलिएको छैन । उनी भन्छन । अव मेरो जिवननै यसैमा बित्ने भयो । पहिला पहिला दैनिक १ सय जना फोटो खिच्न आउथे अहिले पहिलाको भन्दा घटेको छ । दैनिक २० ÷ ३०जना त आइरहन्छन । दैनिक आम्दानी २ हजार देखी ३ हजार सम्म पुग्छन ।

जहाँ दश वर्षे जनयुद्ध थियो । ज्यान बचाउन गाउँ भन्दा सदरमुकामनै सुरिक्षित मानिन्थ्यो । उतिवेला देखी नै मेरो पेषा निरन्तर रर्यो अहिले एकपटक आएको ग्राहहरु फेरी फोटो खिच्न पुगेकै हुनछन्। गा्रहाकले अझै माया गरिरहनु जुन फोटोमा क्यालिटी समेत दिने गरेको छु
उनले भन्छन जस्तो दृश्य आँखामा नाच्छ, त्यस्तै क्यामेरामा सजिदिन्छु । “सबै त्याग्न सक्छु, तर फोटोग्राफी त्याग्न चाहन्नँ । फोटो खिचेरै मर्न चाहन्छु ।”

सम्बन्धित फोटोः

१) फोटो खिच्दै लक्ष्मण

१) फोटो बाटै बनाएको चारलतले लक्ष्मणको घर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित