Online News Khabar

युनिकोड

कर्णाली करिडाेरमा डाेजर दुर्घटना , २ जनाकाे मृत्यु ३ बेपत्ता ३ घाइते

1.6k
SHARES
1.8k
VIEWS

कालिकोट –
कर्णाली करिडोर स्थित रेगिल सडकखण्डमा स्काई भेटर डाेजर पल्टिदा ३ जनाकाे मृत्यु भएकाे छ ।
फुकाेट कर्णाली हाइड्रो पावरकाे सुरूङ मार्गमा काम गर्दै गरेकाे डाेजर कर्णाली नदिमा खसेकाे हाे ।
दुर्घटनामा २ जनाकाे मृत्यु भएकाे छ भने ३ जना गम्भीर घाइते छन्।
३ जना नदिमा बेपत्ता रहेकाे प्रहरीले जनाएकाे छ ।

डोजर दुर्घटनामा सान्नित्रिबेणी १ का अन्दाजी १७ बर्षका चरित्र बिक र सान्नित्रिबेणी १ का अन्दाजि १४ बर्षका युवाराज बुढको मृत्यु भएको छ । दुर्घटनामा परी सान्नित्रिबेणी १ कै नर गीरीका छोरा उमेस गीरी , सान्नित्रिबेणी १ का रक्तिम बिक अछाम घरभई डोजर चालक रहेका कमल सोडारी बेपत्ता रहेका छन ।
डोजरमा रहेका रास्कोट नगरपालिका ७ का मिलन शाही गम्भीर घाइते छन ।

घटनामा तीन जना घाइते भएका हुन । घाइते खाडाचक्र ११ बरातुका बिबेक भारति र बिकास भारति पनि घाइते छन ।
घाइतेको जिल्ला अस्पताल कालिकोटमा उपचार र बेपत्ता काे खाेजि कार्य भइरहेकाे जिल्ला प्रहरी कार्यालय का प्रवक्ता सुभराज बमले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित