मुल्य बजारीकरण सम्बन्धि ३ दिने तालिम मान्ममा सुरु

मुल्य बजारीकरण सम्बन्धि ३ दिने तालिम मान्ममा सुरु

कालिकोट –  मुल्य जोड,मुल्य शृंखला बजारीकरण सम्बन्धि ३ दिने तालिम सदरमुकाम मान्ममा सुरु भएको छ ।
टिडिएच बिएमजेट जर्मनको आर्थिक सहयोग, मानव अधिकार तथा वातावरण विकास केन्द्र हुरेन्डेक नेपाल कालिकोटको सहजिकरणमा संचालित शुलभ परियोजना अन्र्तगत कार्यक्रम लागु भएका जिल्लाका शुभकालिका गाउँपालिका वडा नम्बर ३,५ र ६ का अगुवा स्थानिय किसान हरुको लागी तालिमको आयोजना गरिएको हो ।

उद्योमको अवधारण र यसको महत्व फाइदा संगै जिविका पार्जन स्वरोजगार आयआर्जन र व्यवसाय बिचको फरक बारे जानकारी गराउने कृर्षकहरुले उत्पादन गरेको वस्तुको मुल्य अभिवृद्धी मुल्य शृंखला वस्तु बजारी करणका प्रक्र्यिा सम्बन्धमा सहभागिहरुलाई जानकारी गराउन तालिमको आयोजना गरिएको छ ।

तालिमले स्थानिय उत्पादनको खोजी, संकलन र बजारीकरणमा ठुलो काम गर्नेछ ।
शुलभ परियोजनाले जिविको पार्जन उद्यमी शृर्जना, जैविभिक बिविधता संरक्षण लगायत बाल कलव र युवा कलवलाई परिचालन समाजमा रहेका बिकृतिलाई पनी अन्त्य गर्नका लागी अभियानका रुपमा कालिकोटमा कार्यक्रम संचालन गरिरहेको परियोजना संयोजक सुमन ढकालले जानकारी दिएका छन् ।
यती मात्र नभएर कालिकोटमा बाल विवाह विरुद्ध, वातावरण संरक्षण देखी अन्य भौतिक निमार्ण तर्फ पनी कार्यक्रम गर्दै आइरहेको हुरेन्डेकका उपाध्यक्ष बिरेन्द्र बहादुर बुढाले बताएका छन ।

बुढाका अनुसार २०५३ सालमा संस्थाको स्थापना कालदेखी अहिलेसम्म समाज रुपान्तरणलागी महत्वपुर्ण कार्यहरु हुरेन्डेकले गरेको बताएका छन । कार्यक्रम हुरेन्डेक नेपाल कालीकोटका संचालक समिति सदस्य एवम् नेपाल पत्रकार महासंघ कालीकोटका सचिव खडानन्द अधिकारी ,हुरेन्डेक द्वारा संचालित शुलभ परियोजना ,कार्यक्रम संयोजक गोपाल सिंह कार्की ,अनुगमन तथा मुल्यांकन अधिकृत सुरे रोकाया,हुरेन्डेक नेपाल कालीकोटका लेखा संयोजक प्रेम बहादुर शाही ,तालिम प्रशिक्षक गंगाराम दाहाल र तालिममा सहभागी एउटा वडा का ८ जना अगुवा किसान गरि ३ वडा का २४ जना अगुवा किसान हरूको सहभागीता रहेको छ तालिम मंगलबार सम्म संचालनमा रहने बताइएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित