कालिकोट – कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ ) कालीकाेटकाे नयाँ कार्य समिति गठन भएको छ ।
खाँडाचक्र नगरपालिका वडा नं १ स्थित नमुना हाेटलकाे सभा हलमा साधारण सभा सम्पन्न भएकाे छ ।
कालिकाेट जिल्लामा २०७८ देखि गठित क्यान महासंघ कालिकाेटले दाेस्राे कार्यकालका लागि साधारण सभा मार्फत पुर्व अध्यक्ष मनिराज पाण्डेलाई केन्द्रीय प्रतिनिधि सहित जिल्लाकाे अध्यक्षमा पवन बम सर्वसहमत चयन भएका छन ।
नेपाल कम्प्युटर एसाेसियसन क्यान महासंघ कालिकाेटले विभिन्न कम्प्युटर व्यवसायी सम्बन्धी उद्योग संग सम्बन्धित कार्यमा वकालत र पैरवि गर्दै आईरहेकाे छ ।
क्यान महासंघ कालिकाेटमा निम्न ११ सदस्यिय कार्य समिति गठन गरियकाे छ ।
पवन बम अध्यक्ष
हिरामणी चाैलागाई उपाध्यक्ष
भुपेन्द्र मल्ल सचिव
रिता आचार्य सह सचिव
एलिजा कुमारी शाही काेषाध्यक्ष लगाएत ११ सदस्यिय कार्य समिति सर्वसहमत चयन भएकाे छ ।
Discussion about this post