Online News Khabar

युनिकोड

याेजना दिएर कमिसन खाने पार्टिलाई जनताले मत दिदैनन् – नेमकिपा उम्मेदवार शाही

0
SHARES
91
VIEWS

 

कालिकोट – राज्यकाे सम्पतिकाे दाेहन गरेर जनतालाई याेजना दई कमिसन खाने पार्टीलाई यसपालि जनताले तह लगाउने नेपाल मजदुर किसान पार्टीका प्रतिनिधि सभा सदस्यका उम्मेदवार खड्कराज शाहीले बताएका छन् ।

आईतवार सदरमुकाम मान्ममा पत्रकार भेटघाट कार्यक्रमकाे आयाेजना गरि उम्मेदवार शाहीले यस्ताे बताएका हुन् ।

सत्ता र पहुँजकाे आधारमा जनतालाई याेजना दिएर कमिसन उठायर सामान्ति तत्त्वलाई मंसिर ४ गते तह लगाउने बताएका हुन ।

विशेष गरि देशकाे नेतृत्व गरिरहेका मुख्य सत्ताधारी पार्टी कमिसन र घुसखाेरिहरूले जनतालाई झुटाे आश्वासन देखायर भाेट अब जनताले नदिने बताए ।

अहिले कम्युनिस्ट पार्टी नेपालमा छैनन् । छ त आफ्नाे पार्टी नेपाल मजदुर किसान पार्टी मात्र एक्लाे देशका लागि रहेकाे बताए ।

नेपाल मजदुर किसान पार्टी राष्ट्रिय स्वाधीनता र सार्वभौमका बिषयमा निरन्तर आवाज उठाउदै आएकाे बताए ।

पत्रकार भेटघाटमा नेमकिपाका केन्द्रीय सदस्य नन्दबहादुर शाही , प्रदेश सभा (क) का उम्मेदवार रविन्द शाही ,
प्रदेश (ख) का उम्मेदवार जनक विष्ट लगायतका नेताहरूकाे सहभागीता रहेकाे थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित