कालिकोट – एकिकृत समाजवादीका केन्द्रिय सदस्य कुर्मराज शाही सहित कालिकोट जिल्ला सचिव नेकपा एमालेमा समाहित भएका छन ।
शनिवार एमाले कालिकोटको चुनावी प्रतिवद्धता सार्वजनिक कार्यक्रममा केन्द्रिय सदस्य तथा पुर्व मन्त्री कुर्मराज शाही, जिल्ला सचिव खडानन्द्र चाैलगाई, केन्द्रिय परिषद् सदस्य लालबहादुर मल्ल, युवा संघका केन्द्रिय सदस्य गाणेश बहादुर शाही, सचिवालय सदस्य र समाजवादी प्रेस संगठनका केन्द्रिय सदस्य खडानन्द अधिकारी, हस्तचौलगाई, दिलीपकुमार शाही लगायत पुरै टिम एमालेमा समाहित भएका छन् ।
कुर्मराज शाही आउदो मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा सदस्यको लागी कालिकोट निर्वाचन क्षेत्र क बाट एमालेबाट चुनाव लडेका छन्।





