Online News Khabar

युनिकोड

कालिकोटमा खेलकुद् र सांस्कृतिक महोत्सव

898
SHARES
1.1k
VIEWS

 

कर्णाली –  कर्णालीमा सांस्कृतिक महोत्सव सुरु भएको छ । ‘कालिकोट जाउँ, सुन्दर प्रकृतिसँग रमाउँ’ नारासहित कालिकोट जिल्लाको सदरमुकाम मान्मामा असोज ५ गतेदेखि सुरु भएको बृहत् सांस्कृतिक महोत्सव असोज ९ गतेसम्म चल्नेछ ।

कालिकोटस्थित धार्मिक तथा सांस्कृतिक महत्व बोकेका पर्यटकीय स्थलको प्रवर्द्धनका साथै खेलकुद क्षेत्रमा युवालाई अग्रसर गराउने उद्देश्यले महोत्सव आायोजना गरिएको कर्णाली जेसिजका अध्यक्ष धर्म राज ठकुरीले जानकारी दिए ।

कर्णाली जेसिज दोस्रो भलिबल कप, कृषि तथा सांस्कृतिक महोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल जेसिजका कार्यकारिणी उपाध्यक्ष अनिल बहादुर शाहीले कृषि, पर्यटन र खेलकुदको विकासले समाजका युवाहरुलाई सकारात्मक परिवर्तनतर्फ उन्मुख गराउने बताए । विकासमा पछाडि परेको कालिकोटलाई महोत्सव कार्यक्रमहरुले प्रवर्द्धन गर्न टेवा पुग्ने उनले बताए ।

महोत्सवमा कर्णाली जेसिज दोस्रो भलिबल कप आयोजना गरिएको छ । प्रतियोगीतामा प्रथम हुनेले नगद रु १ लाख ५१ हजार १११ र दास्रो हुनेले १ लाख ११ हजार १११ ‍रुपैयाँसहित मेडल, ट्रफि पाउनेछन् ।

कार्यक्रममा तिलागुफा नगरपालिका उपप्रमुख महेन्द बहादुर शाही, जिल्ला प्रमुख अधिकारी रामहरि शर्माले महोत्सवले समग्र कर्णाली प्रदेशलाई प्रर्वद्धनका लागि सहयोग पुग्ने बताए ।

महोत्सवको आयोजना कर्णाली जेसिस र राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिस्ठान कालिकोटको रहेको थियो ।महोत्सवमा चर्तित गायीका राधिका हमाल, कृष्न रेउले, जमुना राना लगायत स्थानिय कलाकाहरुको सहभागिता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित