नेपाल इन्स्योरेन्सले डाक्यो वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

नेपाल इन्स्योरेन्सले डाक्यो वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ७२ औँ वार्षिक साधारणसभा डोकेको छ। कम्पनी सञ्चालक समितिको हिजो बिहीबार बसेको बैठकले वार्षिक साधारणसभा यही चैत २७ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको सिनामंगलस्थित एयरपोर्ट होटेलमा बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित चुक्तापुँजीको कुल १० प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ८ प्रतिशतले हुन आउने ९ करोड २० लाख २५ हजार ७९ रुपैयाँबराबरको बोनस सेयर र २ प्रतिशतले हुन आउने २ करोड ३० लाख ६ हजार २७० रुपैयाँबराबरको नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्। कम्पनीको चुक्तापुँजी १ अर्ब १५ करोड ३ लाख १३ हजार ४८६ रुपैयाँ रहेको छ। कम्पनीमा संस्थापक सेयरधनी समूहतर्फ रिक्त एकजना सञ्चालक पदमा संस्थापक सेयरधनी विशाल मिनरल एन्ड माइन्स प्रालिका प्रतिनिधि विष्णु खेतन अग्रवाललाई बाँकी कार्यकालका लागि नियुक्ति गरेको छ। यो नियुक्ति कार्यलाई पनि सभाले अनुमोदन गर्नेछ।
सभाले गत आर्थिक वर्षको वार्षिक, आर्थिकलगायतका महत्वपूर्ण प्रतिवेदनहरु छलफल गरी पारित गर्नेछ। लाभांश र सभा प्रयोजनका लागि कम्पनीले यही चैत १७ गतेदेखि चैत २७ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको मतलब चैत १६ गतेसम्म कायम सेयरधनीहरुमात्र सभा भाग लिन र लाभांश पाउन योग्य हुनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित