Online News Khabar

युनिकोड

कुमाले समुदायको पुख््यौली पेषा जोगाउदै नगर सरकार

880
SHARES
1k
VIEWS

 

कालिकोट – लोप हुदै गइरहेको कुमाल समुदायको पुख्र्यौली पेशाका रुपमा परिचित माटोका भाँडा बनाउने पेशा नगरपालिकाले जोगाउने थालेको छ ।
यहाँका कुमालेको उत्पती स्थल रास्कोट –३ को कुमाल गाउँमा नगर सरकारले लोप हुदै गइरहेको कुमाले समुदायको माटोको भाँडा बनाउन ३ महिने तालिम सुरु गरेपछी अव यहाँका कुमाले समुदायको पेषा जोगिने भएको हो ।
माटोका भाँडा बनाएरै जिवन धान्य यहाँका वासिन्दा लामो समयदेखी यो पेषाबाट बिस्तापितनै भएका थिए ।रास्कोट नगरपालिकाले यो लोप हुदै गएको लोपोन्मुख परम्परागत पुख््यौली पेषा जोगाउन तिन महिने माटोका भाँडा बनाउने तालिम सुरु गरेको छ ।

आइतबार वडा नम्बर ३ कै कुमाल गाउँमा तिन महिने तालिमको नगर प्रमुख धर्मराज शाहीले उद्घाटन गरेका छन् ।एक भव्य कार्यक्रमको आयोजना गरी नगरपालिकाले तिन महिने पिप मुलक तालिम दिन थालेपछी यहाँका स्थानिय कुमालेहरुले खुशी भएका छन् ।

माटोका भाँडा बनाउने पेशाप्रति युवा पुस्ताको आकर्षण हुन नसक्नु तथा माटो, दाउरा, पराललगायतका कच्चा पदार्थको अभावमा कुमाल बस्तीमा माटोका भाँडा बनाउने पेशा नै संकटमा परेको स्थानिय रन कुमालले बताए ।
माटाका हुण्डी, घैँटा, पाला, भुट्को, आरीलगायतका माटाका वस्तु परम्परादेखि नै घरायसी प्रयोजनप्रति आकर्षित मानिन्छन् ।
कुमाल समुदायको ३ सय १६ घरधुरी रहेको कुमालबाडामा अहिले एकै जनाले पनी यो पेष गरेका छैनन् । करिब एक एकदशक देखी यो समुदाय यो पेषाबाट विस्थापित बनेका छन् ।

स्थानीय कुमालले भने,’ भाँडा बनाउन माटो अभाव, जोखिमको पेशा र यो पेशाप्रति युवाको आकर्षण कम हुँदै गएपछि माटोका भाँडा केही वर्षदेखि देख्नसमेत नपाइने हुन थालेको बताए । बूढापाकाको मृत्यु भएपछि युवा पुस्ताले यो काम सिक्न नै नचाहेकोले पुख्र्यौली पेशा नै अहिले संकटमा परेको उनको दुःखेसो छ ।

अव बल्ल नगरसरकारले लोप भएको पुख्यौली पेषा जोगाइदिने भयो हामि यसमा खुशी भएका छौँ । सिप संगै बजार व्यवस्थापनमा सहयोग गरेमा यस गाउँका संयौँ बेरोजगारीले रोजगारी पाउने छन रनले भने,’
स्थानीयवासी मनसिगे कुमालका अनुसार माटो, दाउराको अभाव र युवा पुस्ताको पेशाप्रति आकर्षित हुन नसक्दा यो पेशा नै लोप हुने अवस्था आएकोे हो । पहिले बस्तीमा माटाका भाँडा बनाउने चहलपहल हुने गरेपनि अहिले भाँडा बनाउन छाडेका छन् ।
पछिल्ला वर्ष माटाका भाँडाप्रति उपभोक्ताको रुचि घट्दो र उत्पादन गर्ने कुमाल समुदाय यो पेशालाई अप्ठ्यारो पेशाका रुपमा लिन थालेपछि संकटमा परेको रास्कोट नगरपालिका प्रमुख धर्मराज शाहीले बताए ।

उनले भने,’ यो एउटा नगर सरकारको सानो पुख्यौली उद्योगका रुपमा हामिले लिने छौँ। लोप हुदै गएको नगरप्रमुख धर्मराज शाहीले बताए ।
स्थानिय उत्पादनलाई केही प्रयोग गरेर फक्ने र केही आधुनिक रुपमा शहर बजारमा निर्णयत गर्ने योजना बनाएको शाहीको भनाई छ ।
यस्ता पुख््यौली पेषा जोगाइराख्न हामिले तिन महिने तालिम दिन थालेका छौँ । यसले केही न केही रोजगारी शृर्जना गर्नेमा विश्स्वत छौँ ।’

सम्बन्धित फोटोः

१) विस्तापितनै भएको कुमाले समुदायको पेषा जोगाउन तालिन दिदै नगर सरकार
पहिलो दिनमै बनाएका माटोका भाँडा ।


तश्बिर विश्वनाथ सिम्खाडा

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित