कालीकोट – पत्रकार कालीबहादुर मल्ललाई ज्यान मार्ने धम्कि प्रती नेपाल पत्रकार महासंघ र प्रेस चौतारी नेपालले विज्ञप्ती निकालेको छ ।
लामो समय पत्रकारीता क्षेत्रमा कार्यरत तथा मानव अधिकारकर्मी काली बहादुर मल्ललाई ज्यान मार्ने धम्की आएको छ । ज्यान मार्ने धम्की नेकपा एमाले कालिकोटका पार्टी कार्यालय सचिव दान बहादुर शाहीले दिए । आफ्नै कान्छी श्रीमतीलाई कुटपिट गरी शक्त घाइते बनाएपछी पत्रकार मल्लले समाचार सम्पे्रषण गरेपछी उनलाई तथानाम गाली सहित ज्यान मार्ने धम्की शाहीले दिएका थिए । धम्की आए लगत्तै पत्रकार मल्ल जिल्ला प्रहरी कार्यालय कालिकोटमा गएर उजुरी दिएका छन । यस घटनालाई लिएर नेपाल पत्रकार महासंघ कालिकोटले प्रेस विज्ञप्ती निकाले छ ।
नेपाल पत्रकार महासंघ कालिकोटका सचिव खडानन्द अधिकारीको हस्ताक्षरीत विज्ञप्तीमा लेखिएको छ, ‘मुलकभर श्रमजीवी पत्रकारहरु असुरक्षित भइरहेको अबस्थामा यही मिति २०७९ साल भदौ १९ गतेका दिन प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य, नेपाल पत्रकार महासंघ कालीकोटका पुर्व अध्यक्ष, नेपाल समाचारपत्र कालिकोट जिल्ला संवाददाता तथा इन्सेक अनलाइनमा कार्यरत पत्रकार कालीबहादुर मल्ललाई समाचारको बिषयलाई लिएर दैलेख जिल्ला भगवतीमाई गाउँपालिका–५ निवासी हाल कालीकोट जिल्ला सदरमुकाम खाँडाचक्र नगरपालिका–१,मान्ममा बस्दै आएका दानबहादुर शाहीले टेलिफोन मार्फत गद्र्धन छिनाली मार्ने धम्की सहित अपशब्द प्रयोग गरेको घटना प्रति नेपाल पत्रकार महासंघ कालिकोटको गम्भिर ध्यानाकर्षण भएको छ ।
समाचार माथि चित्त नबुझे कानुनी बाटो हुदाहुदै नेकपा एमाले जिल्ला पार्टी कार्यालय सचिव जस्तो जिम्मेवारी ब्यक्तिबाट यस्तो प्रकारको पत्रकारलाई मार्ने धम्की दिएको घटना प्रति नेपाल पत्रकार महासंघ घोर निन्दा गर्दछ । शाहीले पत्नीलाई कुटपिट गरेको घटना नेपाल समाचारपत्र र इन्सेक अनलाईनमा घरेलु हिंसा आरोपित बिरुद्ध उजुरी दर्ता सम्वन्धिको समाचार प्रकाशित भएको बिषयलाई लिएर पत्रकार मल्ललाई धम्की दिने शाहीलाई कानुनी कार्वाहीको लागी स्थानीय प्रहरी प्रशासनसँग नेपाल पत्रकार महासंघ जोडदार माग गर्दछ । यदि दोषी उपर कार्वाही नगरे नेपाल पत्रकार महासंघ जस्तो सुकै संघर्ष गर्न पछि नहट्ने यही बिज्ञप्ति मार्फत ध्यानाकर्षण गराउदछौ ।





