कालिकोट- स्थानिय सरकार गाउँमा आएको पाँच वर्ष पछी मात्र थाहा भयो स्थानिय रवी मल्ललाई ।हुन त सदरमुकाम मान्म क्षेत्रमा पर्ने नगरपालीका भएतापनी उनलाई थाहा थिएन सिंहदरवारको अधिकार गाउँमा आएको ।
खाँडाचक्र नगरपालिकाले बिहिबार गाउँमा निशुल्क स्वास्थ्य शिविर संचालन गरेपछी रवी जस्तै अन्य सेवाबाट बन्चित नागरिकले सिंहदरवार गाउँमा आएको महसुश गरेका हुन ।
चेक नगरीकन गाउँको निजी मेडिकलमा औषधी खाने गरेको थिए । कयौँ औषधी खाँदा पेट दुख्नु निको भएन,अहिले भिडियो एक्सरे गरेपछि पत्थरीया देखिएको छ , औषधी खाएपछि त्यो खसिहाल्छ भन्दा आफु हर्षित भएको ७१ वर्षिय रवि मल्लले बताए ।
दुरदराजका म जस्तै अन्य जेष्ठनागरिक रोग पहिचान गर्ने गरी गाउँमै निशुल्क भिडिभयो एक्सरे लगायतका चेक जाँच तथा औषधी उपचार गर्न पाएपछि उनीहरु पनि निकै हर्षित भएका छन् ।
आर्थिक अवस्था कम्जोरका कारण सामान्य रोगको पनि उपचार गर्न नसक्दा कयौँ मासिनले अकालै ज्यान गुमाउनु परेको छ ।
रवी मात्र हैनन् सोही गाउँकी ६० वर्षिय मिमकोशा विष्टले पनी खुशी हुदै भनिन्।
आर्थिक स्थिति कम्जोर भएर रोगपालि बसेका जेष्ठ नागरिक ,अपाङ्ग असाहय लगायतका स्थानीयवासीन्दाका लागि यो शिविर निकै लाभदायिक भएको विष्टले बताइन ।
उनले भनिन्, ‘आफ्नो सधै पेटको दायाँ बाँया साइड दुखि रहन्छ,आर्थिक अवस्था कम्जोरका कारण टाढा गएर भिडियो एक्सरे गर्न पाएको थिएन अहिले निशुल्क सहितको त्यो सेवा गाउँमै पाएपछि आफुलाई निकै खुःसी छाएको छ ।’
विभिन्न स्थानीय तहले गाउँमै विशेषज्ञ चिकित्साद्धारा चेक जाँच हुने गरी स्वास्थ्य शिविर सञ्चालन गर्दै आएपछि स्थानीय वासीमा बल्ल गाउँमै सरकार आएको महसुस गरेको स्थानीय असला सुनारले बताइन् ।
खाँडाचक्र नगरपालिकाको स्वास्थ्य शाखाले यती बेला नगरका विभिन्न ठाउँमा निशुल्क स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन गर्दै आएको छ । लगातार परेको अविरल वर्षातका कारण बाढीपहिरोले सडक अवरुद्ध भएपछि गाउँमा बिरामी हुँदा उनीहरुलाई उपचार गर्न निकै समस्या भोग्नु परेको छ ।
भौगोलिक रुपमा टाढा भएर स्वास्थ्य सस्थामा आउन नसक्ने जेष्ठ नागरिकलाई उपचारमा सहज हुने उद्देश्यले नगरका विभिन्न स्वास्थ्य संस्थामा सो शिविर सञ्चालन गरेको खाँडाचक्र नगरपालिका स्वास्थ्य शाखाका प्रमुख रविन्द्र सेजुवालले बताए ।
वडा नम्बर ८ र ९पाखा, चौकी , दाहाला लगायतका स्थानीयहरुलाई सहज हुने गरी गाउँमै निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको सेजुवालले बताए ।
बिहिवार देखी सुरु गरेको शिवरमा ८० जना भन्दा बढी जेष्ठनागिरकको स्वास्थ्य जाँच गरेका छौँ । जिल्ला अस्पतालका डाक्टर रमितानाथ योगी लगायतको टोलीले उपचार दिइरहेको सेजुवालको भनाई छ ।
हामिले चुनावका वेला जन्तालाई दिएका बाचा पुरा गर्दै आएको नगर प्रमुख कमलबहादुर शाहीले बताए । अहिलेको आवश्यकता भनेकै स्वास्थ्य शिक्षा र सडक हो । यो आवश्यकता क्रमश पुरा गर्दै आइरहेका छौँ ।
खाँडाचक्र सदरमुकाम मान्मको क्षेत्र भएतापनी अधिकांस क्षेत्र भौगौलिक रुपमा दुर्गमनै छन । सदरमुकाम क्षेत्रको नगरपालिका भएपनी राज्यको हरेक सेवा सुविधाबाट बन्चित छन
यस्ता क्षेत्रमा निशुल्क स्वास्थ्य शिविर संचालन गरेका छौँ । यसबाट अधिकांस नागरिकले सेवा पाउने प्रमुख शाहीको भनाई छ ।
निशुल्क शिबिरमा दमका रोगी, रुघाखोकी, ज्वरो, झाडापखाला, आँउमासी, तथा पथरी भएका बिरामी शिविरमा सहभागि भएका छन ।
सम्बन्धित फोटोः
१) स्वास्थ्य चेकजाँच गर्दै ७१ वर्षिय रवी मल्ल।
२) स्वास्थ्य सेवा लिन आएका स्थानिय ।
तश्बिर विश्वनाथ सिम्खाडा
Discussion about this post