Online News Khabar

युनिकोड

बजेट माग्न काठमाण्डौ जादैनौ श्रमदान गर्छौँः मेयर शाही

0
SHARES
99
VIEWS

कालिकोट-  खाँडाचक्र नगरपालीकाका मेयर कमलबहादुर शाहीले अव बजेट माग्दै राजधानी नधाउने बताएका छन् ।
आइतबार सदरमुकाम मान्ममा आयोजित एक कार्यक्रममा मेयर शाहीले बजेट माग्दै प्रदेश र संघिय राजधानी नधाउने बताए । अव हामि सवैले जनश्रमदान गरेरै काम गर्ने छौँ ।

उनले भने, ‘ हामिलाई चाहिनेजती वजेट आएकै छ । यसमा अनियमितता र भष्टचार मात्र रोक्न सके वजेट माग्दैहिड्न नपर्ने बताएका हुन् ।
५० प्रतिशत जनश्रमदान गरेर नगरपालीको विकास गर्ने बताएका हुन । बजेट हामि संगै छ यसको सही ढंगमा कार्यान्वयन गर्न सके नगरपालीका कायापलट हुने छ।

मेयर शाहीले जन जिबन मावी ताडीको खानेपानी अभाव र सेनेटरी प्याड उत्पादन गर्न स्थानिय स्तरमै उद्योग संचालन गर्ने समेत प्रतिवद्धता गरेका थिए ।
नगरपालीको विकासमा हामी सवै सकरात्मक रुपमा एक भएर विकासमा लाग्न सम्पुर्ण जनप्रतीनिधी र सरोकारवालाहरु लाई अनुरोध गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित