कर्पोरेट डेभलपमेन्ट बैंकको नाफामा पहिरो, ईपीएस कति ?

कर्पोरेट डेभलपमेन्ट बैंकको नाफामा पहिरो, ईपीएस कति ?

काठमाण्डौ । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म बैंकले ३० लाख ९९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिसम्मको तुलनामा ७५.७८ प्रतिशतले कम हो। गत वर्ष पनि यही अवधिसम्म बैंकले १ करोड २७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

यो अवधिसम्म बैंकको सञ्चालन मुनाफा ४० लाख ८३ हजार रुपैयाँ रहेको छ। गत वर्ष पनि यही अवधिसम्म बैंकले ४१ लाख ७७ हजार सञ्चालन मुनाफा गरेको थियो।

दोस्रो त्रैमाससम्म बैंकले १ करोड ९० लाख खुद ब्याज आम्दानी गरेको छ। गत वर्ष यही अवधिसम्म यस्तो आम्दानी १ करोड ३२ लाख रुपैयाँ रहेको थियो।

यो अवधिसम्म बैंकले ६२ करोड २६ लाख रुपैयाँ निक्षेप संकलन गरी ६५ करोड ६२ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ। गत वर्ष यही अवधिसम्म बैंकले ४४ करोड ३१ लाख रुपैयाँ निक्षेप संकलन गरी ३९ करोड ४८ लाख रुपैयाँ कर्जा परिचालन गरेको थियो।

चुक्तापुँजी ४१ करोड रुपैयाँ रहेको बैंकको रिजर्भको आकार ३.५५ प्रतिशतले बढेर १४ करोड १६ लाख रुपैयाँको भएको छ। गत वर्ष रिजर्भमा १३ करोड ६७ लाख रुपैयाँ रहेको थियो।

बैंकले निष्क्रिय कर्जा दर (एनपीएल) सुधार गर्दै ३.६६ प्रतिशतमा झार्न सफल भएको छ। गत वर्ष यही अवधिसम्म एनपीएल ४.२५ प्रतिशत रहेको थियो।

बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) १.५१ रुपैयाँमा झरेको छ। गत वर्ष यही अवधिसम्म ईपीएस ३०.८६ रुपैयाँ रहेको थियो। बैंकको प्रतिसेयर आम्दानी १४६.१९ रुपैयाँ रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित