कालीकोट- जिल्लाको रास्कोट नगरपालिकाले सुरु गरेको नमुना वस्ती निमार्णको काम सकिएको छ । नगरपालिकाको सिफारिसमा कर्णाली प्रदेश सरकारले वजेट प्रदान गरेपछि नमुना बस्ती निमार्णको काम पुरा भएको हो ।
नगरसभाले जोखिम बस्तीको पहिचान गरी सुरक्षित स्थानमा बस्ती सार्ने उद्देश्यले नगरकै नमुना बस्तीको निमार्णका लागि वडा नं ७ को रोहोटे क्षेत्र पहिचान गरेको थियो । सुरुमा वडा नं ७ का एक सय घर परिवार छनोट गरी त्यही सँख्याका घर निमार्ण गर्ने भनिएको थियो ।
तर स्थानीयले जग्गा खरिद, निमार्णको काम सबै एकैपटक भएकाले आज सम्म ७३ घर परिवारले मात्र निमार्णको काम सकेको बताएका छन । वडा नं ७ का पुर्व अध्यक्ष अदलसिहं महतराले नगरपालिकाले खुला अनि सुरक्षित ठाउँको जग्गा लिन भन्यो । सुरक्षित ठाउँको जग्गा खोज्दै एक वर्ष गएको र सबैले एकै पटक घर निमार्ण गर्नु पर्ने भएकाले दक्ष अदक्ष कामदारको अभावले ढिलाई भएको बताउनुभयो ।
उहाँले यो आर्थिक वर्षमा निमार्ण नगरे वजेट फिर्ता जाने भएपछि सबैले हतारमा निमार्ण गरेको गरी बस्ती तयार गरेको सुनाउनुभयो । उहाँले वजेट जम्मा पाँच लाख त्यसैमा जग्गा द.खरिद गर्नु पर्ने, घर बनाउनु पर्ने भएकाले अति कम्जोर परिवारले घर बनाउन नसकेको सुनाउनुभयो ।
रास्कोट नगरपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत जवानसिहं बमले जतिले घर निमार्णको काम सके उतिलाई मात्र भुक्तानी दिएको बताउनुभयो । हामीले नयाँ पनि र पछिका लागि पनि सुरक्षित होस भनेर वडा नं ७ लाई छनोट गरेको र त्यही अनुसार प्रदेश सरकारले वजेट ब्यवस्थापन गरेर बस्ती निमार्ण भएको बमले सुनाउनुभयो ।
सरकारी लगानीसंगै नागरिक स्वयमले पनि खर्च गरेका छन । प्रदेश सरकारले नमुना बस्ती निमार्णका लागि प्रति घरपरिवार पाँच लाखका दरले ५० करोड वजेट पठाएको थियो । तर तोके भन्दा कमैले घर निमार्ण गरेकाले अहिले ३६ करोड पाँच लाख मात्र भुक्तानी भएको छ ।
बस्तीमा सडकसंगै पिउने पानीको समेत ब्यवस्थापन गरिएको छ । अधिकृत बमले सरकारी लगानी र स्वयम ब्यक्तीको लगानीमा बनेका घरमा वस्छन की वस्दैनन भन्ने चिन्ता रहेको बताउनुभयो ।स्थानीय सरकार सञ्चालन ऐनले पनि जोखिम वस्तीको स्तानान्त्रण गर्ने अधिकार दिएकाले नगरपालिकाले सुरुवातीमा जोखिम वस्ती पहिचान गरेर वडा नं ७ वाट गरेको हो । पुर्व नगरप्रमुख कासिचन्द वरालले सुरुमा एक वस्ती एकै आकारका घर बनाएको बनाउ भन्ने प्रस्ताव आएको र पछि त्यसो गर्दा कुनै नागरिकलाई नजिक गरे जस्तो कसैलाई अलि परको सम्झे जस्तो हुने भएकाले जोखिम वस्ती पहिचान गरेर त्यहाँ केन्द्रीत योजना बनाएको सुनाउनुभयो । वडा नं ७ मा नमुना बस्ती निमार्ण भएपछि अन्य वडाले पनि जोखिम बस्ती रहेको र त्यहाँका नागरिकलाई पनि यसरी सरकारले सहयोग गरेर सुरक्षित बस्ती निमार्ण गरिनु पर्ने माग वढिरहेको छ ।





