कपन मिलनचोकको सडकमा आएको बाढीले मोटरसाइकल बगायो

कपन मिलनचोकको सडकमा आएको बाढीले मोटरसाइकल बगायो

सामाजिक सञ्जालमा काठमाडौंको कपन मिलनचोकको सडकमा आएको बाढीले मोटरसाइकल बगाएको दृश्य देखिनु आजभोलि सामान्य भइसकेको छ । सडक, ढलको उचित व्यवस्थापन नहुँदा हरेक वर्ष पानी परेका बेला यस क्षेत्रका स्थानीयले हैरानी पाउँदै आएका छन् ।

जब आकाशमा बादल देखिन थाल्छ तब कपन मिलनचोकका सडक छेउमा रहेका व्यापारी आकाश हेरेर हतार हतार पसलको माथिल्लो भागमा समान सार्ने गर्छन् । पानी परेपछि पसल अगाडिको बाटो खोलामा परिणत भइदिन्छ । एकछिन अघिसम्म बाटो रहेको ठाउँ पानी पर्न थालेपछि खहरे खोलामा परिणत हुन्छ । वर्षौदेखि यस्तो हैरानी पाउँदै आएका उनीहरू नेता, जनप्रतिनिधिले बेवास्ता गरेका कारण सडकको अवस्था यस्तो हुन पुगेको बताउँछन् ।

यहाँ वर्षायाममा पानी परेका बेला हरेक दिनजसो यहाँको सडकमा बाढी आउने गरेको छ । बाढीले सडक छेउछाउमा रहेका पसलका सामान बगाउने गरेको छ भने बेला बेला मोटरसाइकल समेत बगाउने गरेको स्थानीय बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित