कालिकोट – विश्व स्तनपान सप्ताह कालिकोटमा मनाइएको छ । हरेक वर्ष अगस्ट १ देखि ७ तारिखसम्म विश्वभर स्तनपान सप्ताह मनाउने गरिन्छ । यसको सुरुआत विश्व स्वास्थ्य संगठन र युनिसेफको आह्वानमा सन् १९९० देखि भएको हो । स्तनपानको महत्व र फाइदाबारे जनचेतनामूलक कार्यक्रमहरु गर्दै यो दिवस मनाउने गरिन्छ । यही सन्दर्भमा जिल्लाकाे सदरमुकाम मान्ममा खाँडाचक्र नगरपालिका स्वास्थ्य सेवाकाे आयोजनामा विभिन्न सरकारी तथा गैर सरकारी संघ सँस्थाकाे समन्वय तथा सहयाेगमा विश्व स्तनपान सप्ताह मनाइएको हाे ।
आमाको स्तनपान शिशुका लागि अमृत बराबर मानिएको छ । स्तनपान गराउँदा आमा र बच्चा दुवैको स्वास्थ्यलाई राम्रो मानिन्छ । स्तनपानले बालबालिकामा लाग्ने रोग प्रतिरोधात्मक क्षमता बढ्नुका साथै पुड्कोपना, कुपोषण, होचोपना लगायतका रोगबाट बचाउने गर्दछ । स्तनपानले आमलाई गर्भ निरोधकको रुपमा समेत काम गर्छ । शिशुलाई स्वास्थ्य वृद्धि विकास, सम्पूर्ण आहारा, पानीको स्रोतका रूपमा आमाको दूध रहेको छ । आमाको दूधमा पाइने तत्वले शिशुलाई रोगसँग लड्ने क्षमता वृीद्धि हुने जिल्ला अस्पताल कालिकोटका डा रत्नबिर सुनारले बताए ।
आमाको दूधमा रोगाणुनाशक तत्व हुन्छन् । आमाको दूधमा लेक्टोफोर्मिन नामको पोषक तत्व हुन्छ, जसले शिशुहरूको शरीरमा फलामतत्व दिन्छ । आमाको दूधबाट आएका साधारण जीवाणुले शिशुको शरीरमा उब्जने विभिन्न रोगसँग प्रतिरोध गरेर उनीहरूको रक्षा गर्ने खाँडाचक्र नगरपालिका स्वास्थ्य शाखा प्रमुख रबिन्द्र सेजुवालले बताए । यसरी शिशु आमाको दूध नियमित स्तनपान गराउँदा महिलामा स्तन क्यान्सर, पाठेघरको क्यान्सर, मधुमेह टाइप–२ र सुत्केरीपछि मनोरोगको सम्भावना न्यून रहने बाल विशेषज्ञहरु बताउँदछन् ।
स्तनपानले शिशुमा इम्युनिटी पावर बढाउन एकप्रकारको खोपकै काम गर्ने विज्ञहरु बताउँछन् । स्तनपान सबैभन्दा पुरानो र पहिलो खोप रहेको र शिशु जन्मेको १ घण्टाभित्र देखि ६ महिनासम्म स्तनपान मात्रै गर्नु राम्रो हुने भएकालेे यसलाई जनचेतनामूलक तरिकाले प्रचार प्रसार गरिएको बताइएको छ । साथै शिशु र आमाबीचको भावनात्मक सम्बन्धलाई बढाउन, शिशुको स्वास्थ्य प्रवद्र्धन गर्न समेत स्तनपानले सहयोग पुग्ने आमाहरुकाे भनाइ छ । जिल्लाका विभिन्न स्थानीय तहमा बिगतका बर्ष भन्दा हाल स्तनपान गर्ने हरुकाे संख्यामा बृद्वि भएकाे जिल्ला अस्पताल कालिकाेटका तथ्यांक शाखा अधिकृत लंक बहादुर बमले बताए ।
५ महिना देखी ८ महिना उमेर समुहका २०७६ मा ३ हजार ४ सय ३४ २०७७÷७८ २ हजार ५ सय ३९ र २०७८÷७९
४ हजार२ सय १६ संख्या रहेको तंथ्याक अधिकृत बमले बताए ।
by oprtionkhabar
Discussion about this post