म्याग्दी — म्याग्दीको मालिका गाउँपालिका–२ रुमको घाङ्लेपानीमा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ५ पुगेको छ ।
मालिका गाउँपालिका–२ रुममा बेपत्ताको खोजी गर्दै स्थानीय । तस्बिर सौजन्य : तिलक पुनप्रहरीका अनुसार मंगलबार बिहान साढे ६ बजेतिर खसेको पहिरोले पुर्दा गोठे विकका छोराहरु १७ वर्षीय नवीन र १४ वर्षीय राजन विकको घटनास्थलमै मृत्यु भएको थियो ।
पहिरोमा पुरिएका छिमेकी परिवारका ३७ वर्षीय घामबहादुर, उनकी ३२ वर्षीया श्रीमती राममाया र ८ वर्षीया छोरी रोजीको मृत्यु भएको हो । पहिरोमा पुरिएका उनीहरुको शव स्थानीयले पहिरो खनेर मंगलबार दिउँसो १२ बजेतिर झिकेका हुन् ।
पहिरोमा परी घाइते भएका ६२ वर्षीय गोठे विक र उनकी ६७ वर्षीया गोरी विकको स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । प्रहरीले वर्षा नरोकिएको र खराब मौसमको कारण घाइतेको उद्धारमा हेलिकोप्टर पठाएर उद्धार गर्न समस्या भएको जनाएको छ ।
Discussion about this post