१० औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कालिकोटमा खेलाडी छनोट हुँदै

१० औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कालिकोटमा खेलाडी छनोट हुँदै

कालिकोट –  १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कालिकोटमा जिल्ला स्तरीय खेलाडी छनोट प्रतियोगिता १५ गतेदेखि सञ्चालन हुने भएको छ। प्रतियोगिताबारे जिल्ला खेलकुद विकास समिति कालिकोटले १३ गते सदरमुकाम मान्ममा पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो।
जिल्ला खेलकुद विकास समिति कालिकोटका संयोजक पंखबहादुर मल्ल, सचिवालय सदस्य अविराज शाही, मनराज शाही, बिरेन्द शाही, मदन शाह लगायतका खेलकुद संयोजक संगै पधाधिकारी लगायतको सहभागितामा पत्रकार सम्मेलन आयोजना गरी खेलाडी छनोटसम्बन्धी जानकारी दिइएको हो।
राष्ट्रिय खेलकुद प्रतियोगितामा विभिन्न ३२ वटा खेल विधामा प्रतियोगिता हुने जनाइएको छ। सोहीअनुसार कालिकोटबाट पनि विभिन्न खेल विधाका प्रतिभावान् खेलाडी छनोट गरी प्रतियोगितामा सहभागी गराउने तयारी गरिएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ।
छनोट प्रतियोगितामा जिल्लाका विभिन्न स्थानीय तहबाट खेलाडी सहभागी गराउन सम्बन्धित स्थानीय तहलाई अनुरोधसमेत गरिएको छ। स्थानीय तहहरूले आफ्ना पालिकाबाट योग्य तथा प्रतिभावान् खेलाडी छनोट गरी पठाउनुपर्ने जनाइएको छ।
खेलाडी व्यवस्थापनलाई सहज बनाउन विभिन्न खेल विधाका लागि छुट्टाछुट्टै व्यवस्थापन संयोजकसमेत तोकिएको जिल्ला खेलकुद विकास समिति कालिकोटका संयोजक पंखबहादुर मल्लले जानकारी दिए।
छनोट प्रतियोगिताबाट उत्कृष्ट खेलाडी पहिचान गरी राष्ट्रियस्तरको प्रतियोगिताका लागि अघि बढाउने तयारी गरिएको समितिले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित