Online News Khabar

पर्यटकको पर्खाइमा लुवारेकोटको रारा कर्णाली कटेज

919
SHARES
1.1k
VIEWS

 

कालिकोट –  नेपाल सांस्कृतीक विविधता तथा प्राकृतिक सुन्दरताले सजिएको मुलुक हो । पूर्व मेचिदेखि पश्चिम महाकालीसम्म सौन्दर्यका लहरहरु फैलिएका छन् । विविध प्राकृतिक एवं सांस्कृतिक महत्वले भरीएका नेपालका जिल्लाहरु मध्ये कालिकोट पनि एक हो ।
जिल्लाको सदरमुकाम मान्मको खाँडाचक्र नगरपालिका वडा न. १ लुवारेकोट नजिकै रहेको रारा कर्णाली कटेज आन्तरिक तथा वाह्य पर्यटकको प्रखाइमा रहेको छ ।

सदरमुकाम नजिकै पर्यटकिय क्षेत्रमा संचालन गरिएको अर्गानिक कटेजमा अहिले फाटफुट आन्तरिक पर्यटक जाने गरेपछी वाह्य पर्यटकहरु पुग्न सकेका छैनन्
लाखाँैको लगानीमा संचालन गरेको अर्गानिक कटेजमा एक पटक घुमेर जान कटेज संचालक रचेन्द्र शाहीले अनुरोध गरेका छन ।
मनमोहक दृश्य अवलोकनका साथै एैतिहासिक रानी बसेको दरवारको महत्व र अर्गानिक खानाको स्वाद एकपटक भएपनी दिन अनुरोध गरेका छन ।

लुवारेकोट क्षेत्र विभिन्न सौन्दर्यतामा मात्र धनी नभइकन एतिहासीक स्थल पनी भएकाले यस क्षेत्रको सरंक्षण, प्रवद्धन गर्न जरुल देखिन्छ । पर्यटनका क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी निकायहरु संग समन्वय गरी आन्तरीक तथा बाह्य पर्यटकको संख्यामा वृद्धि गर्न सके यस क्षेत्रको विकास र प्रवद्धनमा टेवा पुग्ने नेपाली कांग्रेसका नेता दमनबहादुर शाहीले बताए ।

कच्चि सडक र गोरेटो बाटोको कालोपत्रे वा मर्मत, भ्यू टावरको निमार्ण, पिकनिक स्पोटको उचित व्यवस्था, सरंक्षित क्षेत्रमा तार जालिको व्यवस्था, तथा लुवारेकोट दरवारमा सरसफाई तथा होम स्टे व्यवस्थापन बारे तालिम, बढ्दो बसाईसराई दरलाई कम गर्न शिक्षा, स्वास्थ्यको व्यवस्था र व्यवसायिक खेति, पर्यटकिय कटेज निमार्ण आदीको समुचित व्यवस्था र प्रचार प्रसारमा ध्यान दिन सके जिल्लामै एक उत्कृष्ट पर्यटकिय गन्तव्य बन्नेमा कुनै शंका नदेखिने शाहीले बताए ।

पर्यटकिय क्षेत्रमा रहेको यस कटेजलाई अझै प्रचार प्रसार हुन सके यस क्षेत्रको पहिचान झल्किने नेपाल पत्रकार महासंघ कालिकोटका अध्यक्ष भरतराज विष्टले बताए ।
एैतिहासिक क्षेत्र लुवारेकोट दरवारको पहिचान र एैतिहासिक लाई प्रचार गर्न सके आर्थिक रुपमा पनी रोजगारी हुन सक्ने विष्टले बताए ।
यसको लागी अर्गानिक कटेजको संरक्षण गर्न सरकारी तथा गैरसरकारी संस्थाले सहयोग गर्नु पर्ने भनाई छ ।
अहिले लुवारेकोटमा दैनिक एक सय देखी माथि घुम्न जाने गर्दछन ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित