Online News Khabar

बालवालिकामा लगानीको लागी दुई दिने तालिम मान्ममा सुरु

868
SHARES
1k
VIEWS

कालिकोट – बालबालिकामा लगानीको लागी स्थानिय तहको आन्तरिक स्रोत परिचालन तथा कर सम्बन्धी स्थानिय तहका जनप्रतिनिधि र कर्मचारीहरुका लागी क्षमता विकास तालिम मान्ममा सुरु भएको छ ।
किर्डाक नेपालको आयोजनामा सुरु भएको तालिममा शुभकालिका गाउँपालिका र तिलागुफा नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिहरुको सहभागिता शुक्रवार सदरमु्काम मान्ममा दुईदिने तालिम सुरु गरिएको हो ।

तालिम किर्डाक नेपालका संयोजक तुलाराम पाण्डेको सभा अध्यक्षता, प्रमुख जिल्ला अधिकारी रामहरी कर्माको प्रमुख आतिथ्यता र कर्णाली प्रदेश आर्थिक मामिला मन्त्रालयका सहसचिव पदमबहादुर वुढाको विषेश आतिथ्यता रहेको छ ।
दुई दिने तालिममा सह सचिव वुढा, कोष्तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख युवराज महतारा लगायतले परिक्षण दिने छन ।
स्थानिय तहमा बालबालिकाहरुका लागी कसरी लगानी गर्न सकिन्छ भनी तालिमको आयोजना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित