कोरोना पीडितको रकम आफन्तलाई दिएको भन्दै पचालझरना –७ मा तालाबन्दी

कोरोना पीडितको रकम आफन्तलाई दिएको भन्दै पचालझरना –७ मा तालाबन्दी

कालिकोट— कोरोना पिडितलाई राहत नदिएर गैर कोरोना पिडितलाई राहत दिएको भन्दै पचालझरना गाउँपालिका ७ का स्थानियले वडा कार्यालयमा ताला बन्दि गरेका छन ।
वडा अध्यक्ष कलबहादुर एैडीले कोरोना पिडितलाई दिने रु दश हजार रुपैयाँ आफ्ना आफन्त र चुनावमा खटिने कार्यकर्तालाई दिएको भन्दै स्थानियले सोमबार ताला लगाएका हुन ।
वडाअध्यक्ष एैडीले वास्तविक कोरोना पिडित ८० जना रकम ३७ जनाको आएको हुनाले हामिले पहिलो प्रथामिकतामा केहीलाई मात्र दिएको हुनाले नपाएको ताला लगाएको बताए । मैले आफन्तलाई दिएको हैन छनौट भएका पिडितलाई बाँडेको हुँ।

पिडितको नामका आएको रकम सवैलाई बाँडेर भएपनी समस्याको सावधान गर्ने एैडीले बताए ।भोली ताला खोलेर सावधान गर्नेृ उनको भनाई छ ।दुई दिनदेखी वडा कार्यालयमा ताला लाग्दा सेवाग्रहीले सेवा पाउन सकेका छैनन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित