जुम्ला – सुबिधा सम्पन्न शौचालय निर्माण भएपछि बिद्यार्थीहरु खुसी भएका छन् । शारदा आधारभूत बिद्यालय सिंजा ४ र नवदुर्गा आधारभूत बिद्यालय कनकासुन्दरी ३ जुम्लामा सुबिधा सम्पन्न शौचालय निर्माण भई नियमित प्रयोगमा आएपछि त्यहाँ अध्ययनरत बिद्यार्थीहरु खुसी भएका हुन् ।
बर्षौं देखि शौचालय भएपनि पानी नहुने र छात्र तथा छात्राका लागि छुट्टा छुट्टै शौचालय नहुँदा बिद्यार्थीहरुले हैरानी खेप्नु परेको थियो ।
बिद्यार्थीहरुले भोग्दै आएको समस्यालाई मध्यनजर गरि महिला, पुरुष र अपांगमैत्रि शौचालय निर्माण सम्पन्न भएपछि बिद्यार्थी, शिक्षक र अविभावकहरुलाई राहत मिलेको छ ।
प्लान इन्टरनेशनल नेपाल र पेस नेपाल जुम्लाको साझेदारीमा सञ्चालित खानेपानी, सरसफाई स्वच्छता तथा उत्थानशिलता परियोजनाको १३ लाख, ७२ हजारमा शारदा आधारभूत बिद्यालयमा र १३ लाख, ६४ हजार, ७ सय, ९७ रुपैयाँको लागतमा नवदुर्गा आधारभूत बिद्यालयमा शौचालय निर्माण सम्पन्न भएको पेस नेपाल जुम्लाका परियोजना प्रमूख हेमराज भट्टले जानकारी दिनुभयो ।
उहाँका अनुसार शौचालय सँगै २ लाख, २१ हजार, ४ सय, ३३ रुपैयाको लगानिमा दुबै बिद्यालयमा बालमैत्रि धारा पनि निर्माण गरी प्रयोगमा आएका छन् । सारदा आधारभूत बिद्यालयका प्रधानाध्यापक विश्वराज श्रेष्ठले शौचालय र वालमैत्रि धारा निर्माणले बिद्यालय र बिद्यार्थीहरुको सरसफाईमा सहयोग पुग्नुका साथै गुणस्तरिय शिक्षामा पनि सहयोग मिल्ने विश्वास ब्यक्त गर्नुभयो ।
यसैगरी नवदुर्गा आधारभूत बिद्यालयका प्रधानाध्यापक हरीबहादु बुढाले शौचालय र खानेपानीको अभावमा बिद्यार्थीहरु अनियमित हुने क्रम भंग हुने भन्दै बिशेष छात्राहरुलाई यसले सकारात्मक प्रभाव पार्ने बताउनु भयो । शौचालय र वालमैत्रि धारा निर्माण भएसँगै सारदा आधारभूत बिद्यालयका ९४ जना छात्रा तथा ९० जना छात्र र नवदुर्गा आधारभूत बिद्यालयका ३४ छात्रा र ३० छात्र लाभान्बित भएका छन् ।
बिगत तिन बर्ष देखि प्लान इन्टरनेशन नेपाल र पेस नेपाल जुम्लाले सामुदायिक बिद्यालयमा खानेपानी, सरसफाई स्वच्छता प्रबद्र्धन गर्नका लागि स्थानिय स्तरमा रहेका सामुदायिक बिद्यालयको संस्थागत सबलिकरण तथा गुणस्तरिय शिक्षाका लागि सरसफाई कार्यक्रम मार्फत जनचेतना अभिबृदि, स्वच्छ खानेपानीको सहज आपूर्ति, महिनावारी ब्यबस्थापन लगायतका क्षेत्रमा काम गर्दै आएका छन् ।
Discussion about this post