कालिकोट— शुभकालिका गाउँपालिकाले करारका कर्मचारी हटाउन थालेको छ । २०७४ सालमा भएको स्थानीय निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको कार्यकालमा नियुक्त भएका करारका कर्मचारीहरूलाई जिल्लाको शुभकालिकाले पहिलो पटक हटाउन थालिएको हो।
वैशाख ३१ गते भएको स्थानीय निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरूले करार कर्मचारीहरूको म्याद थप नगर्ने निर्णय गरेपछी अहिले सव्रत्र आलोचना भइरहेको छ ।
अघिल्लो सरकारले स्थानिय र योग्य कर्मचारी खुल्ला बिज्ञापनबाटै नियुक्ती गरेको भएपनी अहिलेको सरकारले नियुक्ती थप नगर्ने भएपछी अहिले जिल्लामा नयाँ तरंग उत्पन्न भएको हो ।
गाउँपालिकाले गलत निर्णय गरेको भन्दै कर्मचारी र अन्य जिल्ला वासी आक्रोस व्यक्त गरेका छन ।
असार ११ गते बसेको गाउँसभाको दोस्रो बैठकले यस्तो निर्णय गरेको हो। गाउँपालिकाको खुद समानीकरण अनुदानबाट तलब भत्ता भुक्तानी भइ २०७४ देखि करारमा कार्यरत कर्मचारीहरूको साउन १ गतेबाट करार सम्झौता नवीकरण नहुने निर्णय भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत केन्द्रबहादुर शाहीले बताए।
गाउँपालिकाले करारमा कार्यरत अहेब, अनमी, ल्याब कर्मचारी, कार्यालय सहयोगी, स्वास्थ्य शाखाका हेअ, अहेब, अनमी, नर्स, कार्यालय सहयोगी, वडा कार्यालयका कार्यालय सहयोगी, गाउँपालिकाको कार्यालयमा करारमा कार्यरत ६८ जना कर्मचारीको करार सम्झौता नवीकरण नगर्ने भएको हो।
यस्तै, गाउँपालिकाको अनुदानबाट तलब खाने सबै तहका करारका शिक्षक र बाल विकास केन्द्रका सहयोगी कार्यकर्ता र कृषि तथा पशु शाखाका पालिका अनुदानका प्रास, नाप्रास र कार्यालय सहयोगीहरूको समेत करार सम्झौता नगर्ने निर्णय भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत शाहीले बताए।
कर्मचारी हटाउने निर्णय जनमुखी नभएको भन्दै आलोचना भइरहेको बेला गाउँपालिका अध्यक्ष गोविन्द्रप्रसाद आर्चायले विधि र प्रद्धती बिनै कर्मचारी भत्ती गरी नियुक्ती गरेको हुनाले फेरी विज्ञापन गरेर कर्मचारी राख्ने बताए ।
फाइल फोटो
Discussion about this post