Online News Khabar

कालिकोटमा यो वर्ष सवैभन्दा बढि वजेट खर्च

927
SHARES
1.1k
VIEWS

 

कालिकोट— विगतका वर्षहरु भन्दा आर्थिक वर्ष २०७८÷७९ मा कालिकोटमा अहिले सम्मकै बढि वजेट खर्च भएको पाइएको छ ।
कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार पाँच वर्ष यता अहिले सम्मकै बढि वजेट खर्च भएको जनाएको छ ।
बिगतका वर्षहरुमा ८० प्रतिशत वजेट असार मसान्तमा खर्च हुने गरेकोमा यो वर्ष असार मसान्त नआउदै ७० प्रतिशत वजेट अगावै खर्च भएको देखिएको छ ।
जसले गर्दा यो वर्ष सवैभन्दा बढि वजेट खर्च भएको जनाएको छ । समय अगावै र बढि वजेट खर्च हुनुमा जनप्रतिनिधिहरुको कार्यकाल सकिने र नयाँ जनप्रतिनिधि आउने भएपछी अहिले सम्मकै बढि वजेट खर्च भएको देखिन्छ ।
आर्थिक वर्ष २०७८÷७९ संघिय सरकारबाट कालिकोटमा आएको वजेट कुल वजेट
२५ गते असार सम्म चालू खर्च तर्फ रू. ४ अर्व ६२ करोड २२ लाख ७२ हजार ६१ वजेट प्राप्त भएको मा कोष तथा लेखा नियन्त्रण कार्यालय कालिकोटको आर्थिक बर्ष २०७८÷०७९ रेकड अनुरसार खर्च रू. ४,४१,५३,०३,८९३. प्रतिशत मा भन्दा ९५.५०% र पुजिगत तर्फ रू २२,३७,३७,५०० ÷– २२ करोड ३७ लाख ३७ हजार पाँच सय प्राप्त भएको थियो जम्मा कालिकोट खर्च १६ करोड .९४ लाख ८४ हजार ३ सय अठासठ्ठि खर्च प्रतिशतमा ७५.८०% मात्र खर्च भएको छ
कुल चालू खर्च र पुजि खर्चको रू. ९४.५०प्रतिशत वजेट खर्च भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित