धनबहादुर रोकाया नेकपा एमाले पलाँता गाउँ कमिटी अध्यक्षमा निर्वाचित

धनबहादुर रोकाया नेकपा एमाले पलाँता गाउँ कमिटी अध्यक्षमा निर्वाचित

कालिकोट – नेकपा (एमाले) पलाँता गाउँ कमिटीको अध्यक्ष पदमा धनबहादुर रोकाया निर्वाचित हुनुभएको छ।
पार्टीको गाउँ कमिटी अधिवेशनबाट रोकाया अध्यक्षमा निर्वाचित हुनुभएको हो। उहाँसँगै निर्वाचित सिंगो गाउँ कमिटीका पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।
नवनिर्वाचित अध्यक्ष रोकायाको नेतृत्वमा पलाँतामा पार्टी संगठनलाई थप सुदृढ, व्यवस्थित र एकताबद्ध बनाउँदै जनताका सवाल तथा स्थानीय विकासका विषयमा सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।
नयाँ जिम्मेवारीसँगै रोकायाले पार्टी संगठन विस्तार, कार्यकर्ता परिचालन तथा जनतासँगको सम्बन्धलाई थप मजबुत बनाउने चुनौती र अवसर पाउनुभएको छ।

हार्दिक बधाई ।
पालिका कमिटीको पहिलो अधिवेशन ।
सर्वसम्मत शुभ संदेश ।

उपाध्यक्षमा  कमरेड सुशील बम, सचिवमा कमरेड कलम बम, उपसचिवमा नबिन बम,उपसचिवमा क.तेजना अधिकारी लगायत सर्वसम्मत निर्वाचित सबै सदस्य कमरेडहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित