वर्षाले लालिघाट- रेंगिल सडक खण्ड अवरुद्ध

वर्षाले लालिघाट- रेंगिल सडक खण्ड अवरुद्ध

कालिकोट – गातारको वर्षापछि आएको पहिरो र सडकमा जमेको लेदोका कारण लालिघाट–सडक खण्ड अवरुद्ध भएको छ। सडक अवरुद्ध हुँदा सवारीसाधन सञ्चालन प्रभावित भई यायाता पुर्णरूपमा बन्द भएकाे जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएकाे छ । वर्षाले भाैतेकुना सडक अवरुद्ध हुदा यात्रुहरूलाई आवतजावतमा समस्या भएको हाे।

स्थानीयका अनुसार वर्षासँगै विभिन्न स्थानमा पहिरो खसेपछि सडक पूर्ण रूपमा बन्द भएको हो। सडक खुलाउने प्रयास जारी रहेको प्रहरी प्रमुख हिमबहादुर खत्रिले बताए । यात्रु तथा चालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न र आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।
वर्षायाममा पहिरोको जोखिम बढ्ने भएकाले सडक यात्रा गर्दा विशेष सावधानी अपनाउन प्रशासनले अनुरोध गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित