Online News Khabar

भष्टचार रोक्ने कुरामा समर्थन रहन्छ ःमुख्यमन्त्री कडेल

862
SHARES
1k
VIEWS

 

 

कालीकोट -कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कडेलले भष्टाचार रोक्ने, शुशासन कायम गर्ने र मुलुकको प्रचलीत कानुनलाई साँची राखेर गरिने बिद्रोहमा युवालाई साथ दिन सकिने बताएका छन । उनले युवा बिरोधी कुनै पनि सरकार नभएको भन्दै सत्य कुरामा युवाको मागलाई प्रदेश सरकारले सधै समर्थन गर्ने बताएका हुन । ।
तर मुख्यमन्त्री कडेलले जेनजीको नाममा भएको २३ गतेको अपरान्न र २४ गतेको पुरै दिनको आन्दोलनलाई समर्थन गर्न नसकिने बताउनुभयो । शुशासन कायम गर्ने कुरामा सरकार र आफु सम्बद्ध दल नेकपा एमालेले स्वागत गर्ने तर देश जलाउने कुरामा समर्थन नभएको बताउनुभयो । कसैले डरले भन्न नसक्ला त्यो फरक कुरा हो, तर आम नागरिकलाई इतिहास मेटाउने गरि सिहंदरवार जलाउने आदालत जलाउने लगाएतका कुराको समर्थन गर्न नसकिने बताए ।
कालीकोटको सान्नीत्रिवेणी गाउँपालिकाको नवनिर्मित प्रशासकिय भवनको उद्घान समारोहमा बोल्दै मुख्यमन्त्री कडेलले शिक्षा, स्वास्थ्य, बिकास र रोजगारीका लागि प्रदेश सरकारले आफ्नो स्रोत अनुसार काम गरिरहेको बताउनुभयो । यहाँ मुख्यमन्त्रीलाई फाईल बुझाएर बिकास नहुने र त्यसका लागि प्रक्रिया अनुसार वडा गाउँपालिका हुदै आएको फाईललाई प्रदेश सरकारले चिन्ने तर आफुले बोकेर लिएको फाईन, योजनालाई नचिन्ने बताउनुभयो । उहाँले फाईल बोक्ने बाटो प्रदेशले बन्द गरिसकेको सुनाए ।
जेनजी युवाले बिभिन्न योजनाको माग राख्दै आफुलाई दिएको फाईल प्रक्रियामा आउनु पर्ने चोरबाटो बन्द भएकाले यो अध्यानाक्रषणका लागि भएपनि बिकास गर्नका लागि यसरी फाईल नदिन सम्वोधनकै क्रममा आग्रह गर्नुभयो । मुख्यमन्त्री कडेल भवन उद्घाटनमा आउने चर्चा भएपछि प्रचण्ड नेतृत्वको नेपाली कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताले बिभिन्न जेनजी समुहलाई परिचालन गरेका थिए भने आफैले पनि भवन उद्घाट गर्ने हतारो भएको प्रतिक्रिया दिएका थिए ।
उक्त प्रशंगलाई पनि मुख्यमन्त्री कडेले प्रदेश सरकार हेलिकोप्टरमा आउन नसक्ने भएकाले बिरोध गर्नुभएको हो की भनेर प्रतिप्रश्न समेत गर्नुभएको थियो । गाउँपालिका अध्यक्ष महोन केसीको अध्यक्षतामा आयोजित कार्यक्रममा कालीकोट जिल्ला समन्वय समितिका प्रमुख धनजित शाही, प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयल, सुरक्षा निकायका प्रमुखहरुको सहभागीता रहेको थियो ।

फोटो क्याप्सनः सान्नीत्रिवेणी गाउँपालिकाको नवनिर्मित प्रशासकिय भवन उद्घाटनमा बोल्दै मुख्यमन्त्री यामलाल कडेल ः तस्वीरः बिश्वनाथ सिम्खडा

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित