कालिकोट- जिल्ला सदरमुकाम मान्म बजारका बिभिन्न सार्वजनिक सावलका बिषयमा नेपाल तरुण दलले प्रमुख जिल्ला अधिकारीलाई ज्ञानपनपत्र बुझाएको छ ।
बजारको खानेपानीको समस्या, सार्वजनिक शौचालयको जग्गा हडेप्ने देखी अवरुद्ध सडकका बिषयमा मंगलवार जिल्ला प्रशासन कार्यालयमै पुगेर तरुणदलका जिल्ला सभापती दमनराज शाही , कांग्रेस नेता पटकबहादुर शाही,युवा नेता लक्ष्मणबहादुर शाही वारका अध्यक्ष अमलराज शाही लगायतका नेताहरुको अगुवाइमा प्रमुख जिल्ला अधिकरी गोकर्णराज सुयललाई ज्ञापनपत्र वुझाएर ध्यानाकर्षण गराएका हुृन ।
नगरपालिका भवन खन्दा पहिरोले बजार यातायात आउजावत बन्द, बजारमा खानेपानीको चरम कृतिम अभाव र बजारको सार्वजनिक शौचालयको जग्गा अतिक्रमणका जस्ता लगायतका समस्याहरु चाडै सावधान गर्न प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएका छन ।


















Discussion about this post