कालिकोट – सादा नेपाल र प्लान इन्टरनेष्नलकाे साझेदारीमा सञ्चालित रास्काेट नगरपालिकामा सञ्चालित रंगिन परियाेजना अन्तरगत माेतिराम माबिमा तालिमकाे आयाेजना गरिएकाे हाे ।
किशाेरी उमेरका बालिकाहरुकाे मानशिक भावनात्मक र साजिक अवस्थाकाे मुल्यांकन गरि उनिहरुले भाेगिरहेकाे तनाव,पीडा भेदभाव अन्त्य गर्ने उद्देश्यले तालिमकाे आयाेजना गरिएकाे हाे ।
तालिमका प्रशिक्षक कालीबहादुर मल्लले मनाेसामाजिक अवधारणा,पद्दती,परिस्थिति मनाेसामाजिक समस्या,लक्षण तथा असरहरु,मानसिक स्वास्थ्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सन्दर्भका बारेमा जानकारी गराएका थिए ।
साथै प्रशिक्षक मल्लले,मन के हाे,स्वस्थ शरीर सँगै मन खुसि तथा स्वस्थ कसरी राख्ने,मानशिक स्वास्थ्यकाे विद्यमान अवस्था,मन र मस्तिष्क बिचकाे सम्वन्धका बारेमा प्रष्ट परिएकाे सादा नेपालका फिल्ड सुपरभाइजर निरा बोहोराले जानकारी गराइन ।
यसै साेही तालिम असाेज २९ र ३० गते बडिमालिका मावि स्युना रास्काेटमा पनि स्ञ्चालन हुने आयाेजक सस्थाका कार्यक्रम संयाेजक दलसिंह कुमालले बताएका छन ।


















Discussion about this post