कालिकोट – देशभर जस्तै कालिकोटको मान्ममा पनी जेन-जी समुहले सोमवार प्रितिमाचोकमा भेला भएर प्रदर्शन गर्न थालेका छन ।
देशमा भ्रस्टाचारमा नेताहरु लिप्त भइरहेको तर नागरिकले भने अनेक दुख खेप्नु परिरहेको आवाज उनीहरुले उठाएका छन् । प्रदर्शनमा मिसिन आइरहेका जेनजीले आफरुहरुको आवाज अब सरकारले सुन्नुपर्ने बताइरहेका छन् ।
‘जनता जति खाडीमा, तिमी चाहिँ गाडीमा, रोलेक्स घडी नाडीमा’, ‘दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने’, ‘जनताको आवाज दबाएर स्वतन्त्रता बन्द गर्न पाइँदैन’, ‘भ्रस्ट नेता होसियार’जस्ता नाराहरु उनीहरुले लगाएका छन् ।
हिक्मतजंग मल्ल, जिवन शाही लगायतका युवाहरुले नेतृत्व गरिरहेको जेनजी समुहमा २८ वर्ष मुनीका युवा र २८ वर्ष माथिका युवाहरुको केही सहभागिता नैतिक समर्थन देखिएको छ ।
प्रर्दशनमा सत्ता सम्वर्द नेपाली कांग्रेस र एमाले समर्थक युवाहरुको पनी सहभागिता देखिएको थियो ।
केही जेनजीले प्रधानमन्त्री केपी शर्मा ओलीका विरुद्ध पनि नारा लगाएका छन् । केहीले भने नेताहरुको नाम नै लिएर नारा नलगाउन आग्रह गर्दै समूहलाई भड्किन नदिने काम गरिरहेका छन् ।
‘हामीलाई यीनीहरुले राजनीति गर्दैनन् भनेर नेताहरुले सधैं हेपे, हामीलाई देशको माया छैन भनिन्छ तर हामी सचेत छौं, सबैलाई चिनेका, बुझेका छौं ।’ देश बनाउछु भनेर सवैल साशन गरे तर, देश बनाएनन् अव युवा को काधमा साशन चलाउने समय आयो युवा जिवन शाहीले बताए । प्रदर्शन भड्किन नदिन ठूलो संख्या सुरक्षाकर्मी तैनाथ गरिएको छ ।





