-
कालिकोट – नेपाल बुद्धिजीवी परिषद कालिकोट जिल्ला अध्यक्षमा तुलाराम धिताल निर्वाचित भएका छन् ।
बुधवार सदरमुकाम मान्ममा उद्घाटन गरिएको पाँचौ जिल्ला अधिवेशनबाट शुभकालिका गाउँपालिका भर्ता निवासी शिक्षक तुलाराम धितालकाे अध्यक्षतामा २३ सदस्यीय जिल्ला कार्यसमिति चयन गर्दै सम्पन्न भएकाे हाे ।
उपाध्यक्षमा दानबहादुर धामी ,सचिवमा सदानन्द तिमिल्सिना , उप सचिवमा नरेश दर्जि र निर्मला सिम्खाडा र काेषाध्यक्षमा बलिराज शाही सहित २३ सदस्यीय कार्यसमिति चयन गरिएको हाे ।
संगठनका कालिकोट जिल्ला उपाध्यक्ष कल्पना सेजुवालकाे सभा अध्यक्षता, परिषदका केन्द्रीय सचिवालय सदस्य तथा कर्णाली प्रदेश ईन्चाज लालप्रसाद पाेखरेलकाे प्रमुख आतिथ्यता, नेकपा एमालेका केन्द्रीय सदस्य नगिन्द शाही काे प्रमुख वक्ता र पाटिका केन्द्रीय सल्लाहकार परिषद सदस्य कुर्मराज शाहीकाे विशेष आतिथ्यता , प्रदेश कमिटी सदस्य कमलकुमार शाही , पाटी सचिव पुष्पराज आचार्य ,लेखा आयाेग अध्यक्ष जलशा बुढा, लगायतका जिल्ला कमिटी र अन्य बाैद्विक व्यक्तिको उपस्थितिमा अधिवेशन सम्पन्न भएकाे छ ।
Discussion about this post