Online News Khabar

जन्मदिनमा गरिने खर्च बेसाहारा बालवालिकालाई

977
SHARES
1.1k
VIEWS

कालिकोट- जन्मदिनमा गरिने खर्चलाई बेसाहारा बालवालिकालाई सहयोग गरिएको छ ।नेपाल पत्रकार महासंघ केन्द्यि परिषद सदस्य दिलु बमले आफ्नो जन्मदिनमा खर्चिने रकमलाई खाँडाचक्र नगरपालिका १ मा रहेको न्यानो काख सेवा समाजका बेसाहारा बालवालिकालाई खाध्यान्न लगायतका सामाग्रीहस्तानन्तरण गरेर जन्मदिन मनाएकी छन ।
हाम्रो कर्णाली खवर दैनिकका संचालक समेत रहेकी महिला नेतृ दिलु बमले चामल, तेल अण्डा लगायतका खाध्य सामाग्री सहयोग गरेर आफ्नो जन्मदिन केके काटेर मनाएकी हुन् ।

पछिल्लो समय जन्मदिन लगायतका अवसरमा फकटमा खर्च गरिने चलन छ । यस्ता खर्चहरु घटाएर दुखी तथा आर्थिक अवस्था कमजोर भएका बेसाहारा बालवालिका तथा समाजसेवामा लगाउन बमले अपिल गर्नु भयो । आफुले पनी यस्ता खर्चहरु घटाएर समाजसेवामा लगानी गर्न थालेको बताईन ।
नेपाल पत्रकार महासंघका अध्यक्ष भरतराज विष्ट, पुर्व उपाध्यक्ष नमराज योगी, नेपाली कांग्रेसका महिला नेतृ सुमित्रा बम लगायतको सहभागितामा समाजसेवी बमले जन्मदिन दुखी तथा बेसाहारा बालबालिकाको काखमा मनाएकी हुन ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित