कालीकोट– कालीकोटको खाडाँचक्र नगरपालिकामा २१औं राष्ट्रिय महिला स्वास्थ्य तथा सामुदायिक स्वास्थ्य दिवसको अवसरमा महिला स्वास्थ्य स्वयंसेविकालाई विशेष सम्मान प्रदान गरिएको छ । आई.एन.एफ नेपालको सहयोगमा स्वास्थ्य सेवा कार्यालय तथा खाडाँचक्र नगरपालिकाको आयोजनामा सम्पन्न यस कार्यक्रममा ३९ जना महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहनस्वरूप मोबाइल फोन, सरसफाइका सामग्री र टोटे झोला वितरण गरिएको हो ।
२० गते २१औं राष्ट्रिय महिला स्वास्थ्य तथा सामुदायिक स्वास्थ्य दिवसको अवसरमा महिला स्वास्थ्य स्वयंसेविकालाई विशेष सम्मानका साथ उक्त सामग्री प्रदान गरिएको जनाइएको छ । कार्यक्रम खाडाँचक्र नगरपालिकामा आयोजना गरिएको थियो । कार्यक्रममा स्थानीय तहका पदाधिकारी, स्वास्थ्यकर्मी, स्वयंसेविका तथा विभिन्न सामाजिक संस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो ।
आई.एन.एफ नेपालको विशेष सहयोगमा खाडाँचक्र नगरपालिका तथा स्वास्थ्य सेवा कार्यालयको आयोजनामा यो कार्यक्रम सम्पन्न गरिएको हो ।
महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई सम्मान गर्दै उनीहरूको मनोबल वृद्धि गर्ने तथा स्थानीय स्तरमा स्वास्थ्य सेवा प्रवद्र्धन गर्ने उद्देश्यसहित प्रोत्साहनस्वरूप सामग्री वितरण गरिएको आई.एन.एफ कालीकोटले जनाएको छ । साथै, याृे कार्यक्रम प्रजनन् स्वास्थ्यमा सुधार गर्ने तथा बाल विवाह रोकथाम परियोजनासँगसम्बन्धित रहेको छ ।
महिला स्वास्थ्य स्वयंसेविकाहरू स्थानीय स्तरमा स्वास्थ्य सेवा प्रवद्र्धन गर्ने महत्त्वपूर्ण कडी हुन्। । उनीहरूले महिलाहरूको स्वास्थ्य अवस्थामा सुधार ल्याउन, मातृ तथा नवजात शिशु मृत्युदर घटाउन, परिवार नियोजनको जानकारी दिन, पोषण तथा सरसफाइका उपायहरू सुझाउन महत्त्वपूर्ण भूमिका खेलिरहेका छन् । उनीहरूको सेवा र योगदानलाई कदर गर्दै स्वास्थ्य सामग्री तथा उपकरण प्रदान गर्नु कार्यक्रमको मुख्य उद्देश्य हो । साथै, बाल विवाह रोकथामका लागि सचेतना फैलाउने प्रयास पनि गरिएको छ ।
कार्यक्रम औपचारिक रूपमा आयोजना गरिएको थियो, जहाँ प्रमुख अतिथिहरूले महिला स्वास्थ्य स्वयंसेविकाहरूको योगदानको प्रशंसा समेत गरेका थिएँ । उपस्थित पाहुनाहरूले महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई समाजको मेरुदण्डको रूपमा व्याख्या गर्दै उनीहरूको कार्यक्षमता अभिवृद्धि गर्नुपर्ने आवश्यकता औंल्याए । कार्यक्रमकै क्रममा उनीहरूलाई मोबाइल फोन, सरसफाइका सामग्री र टोटे झोला वितरण गरिएको थियो ।
यस विशेष कार्यक्रमले महिला स्वास्थ्य स्वयंसेविकाहरूको मनोबल उच्च बनाउनुका साथै आगामी दिनमा स्वास्थ्य क्षेत्रको सुधारका लागि थप प्रेरणा प्रदान गर्ने विश्वास गरिएको छ । समाजमा महिला स्वास्थ्य तथा प्रजनन स्वास्थ्य सुधारका लागि स्थानीय स्तरमा यस्ता कार्यक्रमले ठूलो प्रभाव पार्ने विश्वास गरिएको छ ।
Discussion about this post