कालिकोट – कालिकोटको सवैभन्दा पहिलो तथा पुरानो विद्यालय पञ्चदेव माध्यामिक विद्यालयमा बहु प्राविधिक शिक्षालय तथा आबासिय भवन निर्माण भएका छन ।
संघिय सरकार र प्रदेश सरकार मार्फत आएको बजेटले पञ्चदेवमा प्राशासनिक भवन,बहु प्राविधिक शिक्षालय भवन र आवसिय भवन निर्माण थालिएको थियो । तिनवटै भवन निर्माण सम्पन्न गरिएपछी आइतवार कर्णाली प्रदेश सरकारका पुर्व मुख्यमन्त्री तथा प्रतिनिधि सभा सदस्य महेन्द्रबहादुर शाहीले एक औपचारिक कार्यक्रमका बिच उद्घाटन गरेका हुन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेशबहादुर शाहीको सभा अध्यक्षता, मा. महेन्द्रबहादुर शाहीको प्रमुख आतिथ्यता र जिल्ला समन्वय समिति कालिकोटका प्रमुख धनजित शाहीको विषेश आतिथ्यता र अन्य सरोकारवालाहरुको सहभागितामा भवनको उद्घाटन गरिएको हो ।
आवसिय छात्रावास भवनका निर्माणमा पहिलो चरणमा ९० लाख ८२ हजार सातसय २४, दोस्रो चरणमा ८८ लाख ३९ लाख चारसय १० गरी जम्मा एक करोड ७९ लाख २२ हजार एकसय ३४ र बहुप्राविधिक शिक्षालयको भवन निर्माणमा ५० लाख, ६ कोठे प्रशासनिक भवनमा निर्माणमा ७९ लाख ३० हजार एकसय ५ रुपैयाँ गरी तिनैवटा भवनको दुई करोड ३५ लाख २२ हजार ३९ रुपैयाँको लागतमा भवन निर्माण गरिएको विद्यालयका प्रअ बिना कुमारी शाहीले बताएकी छन ।
भवनको उद्घाटनमा बोल्दै पुर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भवनको अभावमा कोही पनी विद्यार्थी खुल्ला आकासमा पठनपाठन हुन वाध्य नहुन भनेर वजेटको व्यवस्थापन गरको बताए ।
आफु मुख्यमन्त्री हुदा कालिकोटलाई वजेटको अभाव हुन नदिएको भन्दै यो विद्यालय मात्र हैन कालिकोटका अन्य विद्यालय, सडक, लगायत अन्य क्षेत्रमा पहिलो प्रथामिकता राखेर बजेट बिनियोजन गरेको बताए । तर बिडम्बना जती वजेट आयो त्यतीको कार्यान्वयन हुन सकेन शाहीको भनाई थियो । अहिलेको सरकारले विकास तिर भन्दा अध्यादेश तर्फ केन्द्रित रहेको आरोप लगाए ।
फोटोः
१) निर्माण भएका भवनको रिबन काटेर उद्घाटन गदै महेन्द्र शाही
Discussion about this post