Online News Khabar

दुई जिल्लाका एक्ला न्यायधिस न्याय निरुपणमा अव्बल

913
SHARES
1.1k
VIEWS

५, पौष कालिकोट-   कर्णाली भौगोलिक हिसाव ले त पछाडी परेकै छ त्यसैमा राज्यले हेर्ने हेपाह प्रवृती पनी अझै कायमै रहेको छ । एक जिल्लामा एक न्यायधिस हुनु पर्ने राज्यले व्यवस्थानै गरेको छ । तर, कालिकोट र जुम्ला जिल्लामा एक न्यायधिसले दुई वटा जिल्ला हेर्नु परेको वाध्यता छ ।  कालिकोट जिल्लामा दरबन्दी भएका चन्द्रप्रसाद तिवारी काजमा अन्तै गएपछी जुम्ला जिल्लामा दरबन्दी रहेका आनन्दराज पन्थीले जुम्ला संगै कालिकोटमा काम गरिरहनु परेको हो ।

एक न्यायधिसले दुई जिल्ला हेर्नुपर्दा न्याय निरुपणमा समस्या आउन थालेको छ । दरबन्दी भएका न्यायधिस काजमा अन्तै गएपछी जुम्ला दरबन्दी भएका न्यायधिस पन्तीले अहिले काजमा कालिकोट पनी हेरिरहेका छन । आवश्यकतामा खटाएको हुनाले मैले दुवै जिल्लामा मुद्धा हेरिरहेको न्यायधिस पन्तीले बताए । अन्त जिल्लाभन्दा पहाडी जिल्लामा मुद्धाको चाप नभएकाले मैले मिलाएर जुम्ला र कालिकोट अदालतमा न्याय निरुपणमा कुनै समस्या छैन । “एक न्यायधिस त हुनु पर्ने हो तर, पनी आवश्यकतामा मैले काम गरिरहेको छु पन्तीले भने ।” उनले थपे यसभन्दा अगाडी जाडो महिनामा बिदा बस्ने गरिहेको रैछ मैले बिदा समेत नबस्ने र काममै खटिने भनेको छु ।
मुद्धाको चापमा कमी भएपनी राज्यले व्यवस्था गरेअनुसारको जिल्ला अदालतमा फुलफिल दरबन्दीको न्यायधिस आवश्यक रहेको सरोकारवाला बताउछन् । दरबन्दी बिहिन भएको तिनमहिना पुग्दा पनी जिल्ला अदालतमा न्यायधिस नपठाउनु फेरीपनी कर्णालीलाई राज्यले हेर्ने नजर हेपाहा प्रवृतीको रहेको बताउछन ।
एक न्यायधिसले दुई जिल्ला हेर्दापनी न्याय निरुपणमा कमि त देखिएन तर, राज्यले व्यवस्थान गरेअनुसार जिल्ला न्यायधिस तत्काल पठाउनु पर्छ । कानुनु व्यवसायी लालबहाद्ुर मल्ल बताउछन ।

५ महिनामा ३५ वटा मुद्धा फैसला

जिल्ला अदालत कालिकोटले गत साउनदेखी अहिले सम्म ३५ वटा मुद्धा फैसला गरेको छ । ५ महिनाको समयमा ३५ वटा मुद्धा फैसला गरेको अदालतका श्रेष्तेदार हरिशचन्द गौतमले जानकारी दिए । गत आर्थिक वर्ष बाट सरेर आएका ८६ र यही साउन देखी अहिलेसम्म दर्ता भएका ५३ गरी जम्मा एकसय ३९ वटा मुद्धा हुन । यसमा यस वर्षका ५३ मा पनी फौजदारी अन्र्तगत २२ वटा र देवानी अखन्र्तगत ३१ परेका छन । उनका अनुसार न्याय निरुपणमा गत वर्ष६४ प्रतिशत मुद्धा फैसला भएका थिए भने यो वर्ष ६ महिनामा ३५ वटा मुद्धा फैसला भइसका छन । गितका दिनहरुमा जाडो समयमा दुई महिना न्यायधिस बिदामा वस्ने गरेको पाइन्थ्यो । यस्तो हुनाले लक्ष्यअनुसार मुद्धा फैसलामा कमि आउथ्यो अधिकासंघ मुद्धा सरेर आउथे । अहिले न्यायधिस बिदामा बस्नु भएको छैन । एक न्यायधिसले दुई जिल्ला हेर्नु पर्ने भएतापनी न्याय निरुपणमा ढिलाई भएको छैन समयमै मुद्धा फैसला हुदै आएको श्रेष्तेदार गौतमले बताए ।

बिगतका दिनहरुमा जिल्ला अदालतमा आफ्नो मिशिलको फाइल खोज्न पनी निकै समस्या हुने गरेको थियो । मिशिल फाइल खोज्न समस्या आउने, हराउने र सुरक्षाका हिसाबले जोखिम बढेकाले अहिले मुद्धा नं र फाइलहरु सिम्टममा व्यवस्थित राखिएको पाइएको छ ।
अहिले खोजेको समयमा समयमै फाइलहरु भेटिने र अन्य अदालतका समस्याहरु सहजहुदै गएको समेत गौतमले जानकारी दिए ।

सम्बन्धित फोटो ः
१ जिल्ला अदालत

३ मिशिल फाइल व्यवस्थापन फोटो

 

 

 

 

 

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित