Online News Khabar

रास्कोट अस्पतालबाट स्वास्थ्य बिमा लागु

899
SHARES
1.1k
VIEWS

 

निर्मला बोहोरा ५,पुष –  रास्कोट नगरपालिकाको रास्कोट अस्पतालबाट अव स्वास्थ्य बिमा लागु हुने भएको छ । कालिकोटमा जिल्ला अस्पताल र नरहरीनाथको योगी नरहरीनाथ अस्पतालमा मात्र लागु हुदै आएको स्वास्थ्य बिमा अव रास्कोट अस्पतालबाट पनी यो सेवा दिइने भएको हो ।
स्वास्थ्य बिमा वोर्डलनै आवश्यक पुर्वाधार र जनशक्ती भएको खण्डमा स्थानिय तहमा यो सेवा लागु गर्ने भनेपछी पहिलो पटक जिल्ला अस्पताल, र नरहरीनाथको योगी नरहरीनाथ प्रथामिक अस्पताल र रास्कोट अस्पतालमा अनुमती दिएर लागु गरिएको हो ।
शुक्रवार एक कार्यक्रमका बिच कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री धनश्याम भण्डारीले औपचारिक कार्यक्रमका बिच अस्पतालमा स्वास्थ्य बिमा लागु गरिने घोषण गरेका छन ।
राज्यले घोषणा गरेको कार्यक्रम देशका सवै नागरिकले सेवा पाउनु पर्ने भन्दै अस्पतालमा यो सेवा लागु हुनु पर्ने बताए । अन्य पालिकामा पनी यो सेवा लागु गरिनु पर्ने समेत बताए ।
घोषणा कार्यक्रममा नगरप्रमुख धर्मराज शाही,उपप्रमुख मनिराज वराल,वडाअध्यक्ष, जिल्ला अस्पतालका व्यवस्थापक डा. भिष्मपोखरेल लगायतको उपस्थितीमा स्वास्थ्य बिमा घोषणा गरिएको रास्कोट अस्पतालका व्यवस्थापक कौशल न्यौपानेले बताए ।
यस अघी बिमा गरेका नागरिकले पहिलो सेवा जिल्ला अस्पताल र पछी अन्य सरकारी अस्पतालमा लिदै आएका थिए । यो क्षेत्रका बिमा गरेका गाउँका नागरिकले निशुल्क उपचार पाउन जिल्ला अस्पताल र अन्य जिल्ला जानु पर्ने वाध्यता हटेको छ । सेवा लिन जिल्ला अस्पताल पुग्नु पर्ने वाध्यता हटेपछी रास्कोटका नागरिक खुशी भएका छन् ।
मन्त्री भण्डारीले रास्कोटको बडिमालिका मावीमा अंरेजी माध्यामबाट पठनपाठन र एसईई लक्षित आवसिय कक्षा संचालनको समेत अनुगमन गरेका थिए ।

सम्बन्धित फोटो ः

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित